आज :

आजको मौसम ः मधेस, कोशी र बागमती प्रदेशमा भारी वर्षाको सम्भावना

  • अनलाइन डबली

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर नेपालको तराई नजिक रहेको छ । जसका कारण आज देशभर मौसम बदली रही देशका विभिन्न भागमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै, आज दिउँसो देशभरको मौसम सामान्य बदली रही देशका पहाडी भू–भागका अधिकांश स्थान र मधेस प्रदेशलगायत अन्य प्रदेशका तराई भू–भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना महाशाखाले जनाएको छ । कोशी प्रदेशको पहाडी भू–भागका केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यसैगरी, महाशाखाका अनुसार आज राति देशभर पूर्ण बदली रही मधेस, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागका धेरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ ।

विशेषगरी, मधेस, कोशी, बागमती प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ भने गण्डकी प्रदेशका पहाडी र तराई साथै लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal