आज :

गोसाइँकुण्ड मेलामा वाईसीएल र क्रान्तिकारीको उदाहरणीय सेवा

  • अनलाइन डबली

रसुवा । धार्मिक एवं सांस्कृतिक महत्व बोकेको गोसाइँकुण्ड मेलाको अवसरमा यस वर्ष पनि तिर्थयात्रुहरूको सुविधा र स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिँदै नेकपा (माओबादी केन्द्र) का सहायक संगठन वाईसीएल बागमति प्रदेश, वाइसिएल रसुवा, अखिल क्रान्तिकारी बागमती प्रदेश र अखिल क्रान्तिकारी रसुवाले संयुक्त रूपमा साउन २० गतेदेखि २४ गतेसम्म निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेका छन् ।

मेलामा देश–विदेशबाट आएका हजारौँ भक्तजनको भीडबीच उच्च भौगोलिक उचाइका कारण हुने स्वास्थ्य समस्या, विशेषगरी लेक लाग्ने जोखिमलाई ध्यानमा राखी वाईसीएल रसुवाले विभिन्न स्थानमा स्वास्थ्य जाँच, प्राथमिक उपचार, औषधि वितरण लगायतका सेवाहरू निःशुल्क प्रदान गरेको वाइसिएल नेता गणेश विकले बताए ।

वाइसिएल नेपालको केन्द्रिय निति अनुरुप र अखिल क्रान्तिकारीका कार्यकर्ताहरु बिहानैदेखि मेलास्थलमा सक्रिय रहेर यात्रुहरूलाई बाटो देखाउने, सामान बोक्ने, र स्वास्थ्यसम्बन्धी जानकारी दिने कार्यमा जुटिरहेका छन्। विशेष गरी लेक लागेर अचेत भएका, श्वासप्रश्वासमा समस्या भोगेका तथा कमजोरी अनुभव गरेका यात्रुहरूलाई तत्काल उद्धार गरी धुन्चे अस्पताल पु¥याउने कार्यमा उनीहरूको भूमिका प्रशंसनीय रहेको छ।

यात्रामार्गमा स्वास्थ्य अवस्था बिग्रिएका एक यात्रुलाई वाईसीएलका सदस्यहरूले काँधमा बोकेर लामो दुरी पार गर्दै गरेको दृश्यले मेलामा उपस्थित सबैका लागि प्रेरणादायी बनेको छ। “मानवता नै हाम्रो धर्म हो” भन्ने भावनासहित उनीहरूले देखाएको सेवा र समर्पणले वाईसीएलको सामाजिक उत्तरदायित्वप्रति जनमानसमा थप विश्वास जगाएको छ।

अखिल क्रान्तिकारी रसुवाको सहकार्यमा सञ्चालित यो अभियानले मेलामा सहभागी यात्रुहरूलाई मात्र राहत दिएको छैन, भविष्यमा हुने यस्ता धार्मिक यात्राहरूमा जनसेवामा युवा संगठनहरूको भूमिकाको आवश्यकता कस्तो हुन्छ भन्ने उदाहरण पनि स्थापित गरेको छ।

स्थानीय बासिन्दादेखि बाहिरी पर्यटकसम्म सबैले वाईसीएल रसुवाको तर्फबाट देखाइएको मानवीय सेवा, संगठनात्मक अनुशासन, र तिर्थयात्रीप्रतिको सद्भावपूर्ण व्यवहारको उच्च मूल्यांकन गरेका छन्। मेलामा आएका धेरै यात्रुहरूले टिप्पणी गर्दै भने, “वाईसीएलको यो पहलले हामीलाई सुरक्षित महसुस गराएको छ, यस्ता सेवाले मात्र मेलाको धार्मिकता र मानवता दुवैको संरक्षण हुन्छ।”

गोसाइँकुण्ड मेलाको धार्मिक महत्त्वलाई कायम राख्दै यात्रुहरूको स्वास्थ्य र सुरक्षालाई समान रूपले प्राथमिकता दिने वाईसीएल नेपालको यो कार्य सामाजिक उत्तरदायित्वको उज्ज्वल उदाहरणका रूपमा दर्ज हुनेछ।

रसुवामा जस्तै धार्मिक मेला जनैपुर्णिमाको अवसरमा काभ्रेमा वाईसिएल मण्डनदेउपुर नगरपालिकाले नगरकोट र वाइसिएल तेमाल गाउँपालिकाले नारायणस्थानको मेलामा निशुल्का खानेपानी वितरण तथा सरसफाइको कार्यक्रम आयोजना गरेको छ ।

वाइसिएल नेपालको केन्द्रिय कार्यक्रम अन्तरगत देशको विभिन्न स्थनमा विपत्ति होस वा श्रमदानको सवालमा होस वाइसिएल नेपाल अग्रपंक्तिमा रहेर काम गरिरहेका छन् । अरु दलका भातृ संगठनहरु आफ्ना दलका नेताहरुको भ्रष्ट आचारण ढाकछोपमा व्यस्त हुदा लडाकु संगठन वाइसिएल नेपाल भने राष्ट्र निर्मणाको नया अध्याय सुरु गर्ने भन्दै सामाजिक कामहरुमा सक्रियता बढइरहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal