आज :

रास्वपा बैठक : रविका पक्षमा ३२ लाख हस्ताक्षर, ६२ लाख बढी रकम संकलन

  • अनलाइन डबली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकले पार्टीको संस्थापक ईश्रा मुल्ला मिया हजलाई पुनः केन्द्रीय सदस्यको जिम्मेवारी दिने निर्णय गरेको छ ।

शुक्रबार बसेको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको हो । हज कमिटीको अध्यक्ष बनेपछि पार्टीबाट राजीनामा दिएका मियालाई पुनः केन्द्रीय समितिमा ल्याइएको हो ।

यस्तै, पार्टीको रिक्त रहेको केन्द्रीय श्रम तथा उपभोक्ता हित विभाग प्रमुखमा श्याम बाबु गौतम, काठमाडौँलाई मनोनयन गर्ने र केन्द्रीय सार्वजनिक लेखा समीक्षा विभागको प्रमुखमा गोकुल सापकोटा नवलपुरलाई मनोनयन गर्ने निर्णय भएको छ । यसरी नै श्रम तथा उपभोक्ता हित विभागको उपप्रमुखमा ललित श्रेष्ठ, नवलपुरलाई मनोनयन गरेको छ ।

साथै, बैठकमा पार्टी सभापति रवि लामिछाने माथि भएको राजनीतिक प्रतिशोधविरुद्ध जनताको हस्ताक्षर अभियान अन्तर्गत श्रावण २३ गतेसम्म ३२,०६,६०८ (बत्तीस लाख छ हजार छ सय आठ) र सहयोग रकम रूः– ६२,१६,६६९ (बैसठ्ठी लाख सोह्र हजार छ सय उन्हत्तर) पनि संकलन भएको जानकारी पनि दिएका छन् ।

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal