आज :

नेपाली सेनाले सुरु गर्यो खुर्कोट बेलीब्रीजको मर्मत कार्य

  • अनलाइन डबली

रामेछाप । रामेछापका साथै दोलखा,ओखलढुङ्गा र सोलुखुम्बुका केही भागलाई राजधानी काठमाडौंसँग छोटो दूरीमा जोड्ने सडकको खुर्कोटमा जडान गरिएको बेलीब्रीजको मर्मत कार्य नेपाली सेनाले सुरु गरेको छ ।

पुलमा लचकपन देखिनु, नटबोल्ट खुकुलो हुनु र पाता हल्लिन थालेपछि बिहीबारदेखि मर्मत कार्य अघि बढाइएको हो ।

खड्गदल गण रामेछापको समन्वयमा बर्दिबासस्थित श्री कालीसिद्धी गणबाट खटिएको नेपाली सेनाको इन्जिनियरिङ युनिटले मर्मत मर्मतकार्य भइरहेको छ ।

पुलको नियमित अनुगमनका क्रममा देखिएको समस्या समाधान गर्न मर्मत प्रक्रिया थालिएको जनाइएको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले बताए ।

थापाका अनुसार बेलीब्रीजमा प्रयोग गरिएका थुप्रै नट–बोल्टहरू लुज भएका छन् । लुज भएका नट–बोल्ट कस्ने र आवश्यक परे नयाँ फेर्ने काम भइरहेको छ ।

सवारी आवागमनमा लामोसय अरोध नहुने गरी पुल मर्मतको काम भइरहेको थापाले बताए । ‘पुलमा कुनै क्षति नभएको भए पनि समय समयमा मर्मत आवश्यक पर्छ सोही अनुसार अहिलेको मर्मत भएको हो, केही घण्टा काम गर्दै आएका सवारी साधनलाई पास गर्दै पठाउने गरी मर्मतको काम भइरहेको छ’, उनले भने ।

गत वर्षको असोज १२ गते सुनकोशी नदीमा आएको बाढीले पुलको ५१ मिटर भाग बगाएपछि उक्त बेलीब्रीज  राखिएको हो । गत कात्तिक ६ गतेदेखि  सो बेलिब्रिज सञ्चालनमा ल्याइएको हो । नेपाली सेनाले आपतकालीन अवस्थाको मूल्यांकन गरी छोटो समयमा बेलीब्रीज जडान गरेको थियो ।

खुर्कोट पुल रामेछाप र सिन्धुलीको भौगोलिक सीमानामा रहेको महत्वपूर्ण पूर्वाधार हो । जसले पहाडी जिल्लाइ तराइ र राजधानी काठमाडौंसँग जोडेको छ ।

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal