आज :

भारतीय मन्त्री सोनोवाल काठमाडौँमा

  • अनलाइन डबली

काठमाडौँ । कालीबाबाको संकल्पमा पशुपति हंसमण्डपमा सञ्चालन भइरहेको श्री दशमहाविद्या रूद्रहवन महायज्ञमा सहभागी हुन भारतका जल परिवहनमन्त्री सर्वानन्द सोनोवाल नेपाल आएका छन् ।
कालीबाबाको संकल्पमा भइरहेको महत्त्वपूर्ण महायज्ञमा सहभागी हुन भारतीय मन्त्री काठमाडौं आएको आयोजक समितिका संयोजक अशोक गौतमले जानकारी दिए ।
मन्त्री सोनोवाल कालीबाबाका भक्त पनि हुन्। सोनोवाल असमका मुख्यमन्त्री समेत भइसकेका व्यक्ति हुन्। नरेन्द्र मोदी क्याविनेटका १४ औं बरियतामा रहेका मन्त्री सोनोवल आजै फर्किने कार्यतालिका रहेको गौतमले बताए ।
श्री १००८ महामण्डलेश्वर कृष्णानन्द परमहंस स्वामी कालीदास (कालीबाबा)को उपस्थितिमा पशुपतिको हंसमण्डमा श्री दशमहाविद्या रूद्रहवन महायज्ञ भइरहेको छ।
दक्षिण एसिया तथा विश्वका विभिन्न मुलुकमा प्रसिद्धि कमाएका कालीबाबाको उपस्थितिमा १४ गते बुधबारदेखि सुरू भएको उक्त महायज्ञ २४ गते शनिबारसम्म चल्ने आयोजक संस्थाले जनाएको छ ।
श्री १००८ स्वामी महामण्डलेश्वर कालीदास बाबाको संकल्पमा सञ्चालन भइरहेको ‘दशमहाविद्या रुद्रहवन महायज्ञ’ अहिले निकै चर्चामा रहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal