आज :

सुनसरीमा नक्कली नोटसहित दुई जना पक्राउ

  • अनलाइन डबली

इटहरी । सुनसरीको कोशी गाउँपालिका–८ स्थित भाण्टाबारी क्षेत्रबाट नेपाली रुपैयाँ १ हजार दरका नक्कली नोट ३८ थानसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सप्तरी जिल्लाको हनुमान कंकालिनी गाउँपालिका–१ का २५ वर्षीय राजेश चमार रजक र सोही गाउँपालिका–२ का २५ वर्षीय राजेश कुमार रजक रहेका छन् ।

साउन १९ गते राति इलाका प्रहरी कार्यालय भाण्टाबारीबाट खटिएको चेकजाँच टोलीले मोटरसाइकलमा सवार उनीहरूलाई नियन्त्रणमा लिएको हो । मोटरसाइकलको पछाडि सवार राजेश चमार रजकको साथबाट नेपाली रुपैयाँ १ हजार दरका नक्कली नोट ३८ थान बरामद भएपछि चालक राजेश कुमार रजकलाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

हाल उनीहरूमाथि जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान जारी रहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal