आज :

भाषा आयोगमा तीन वर्षदेखि अर्कै कृष्णप्रसाद न्यौपाने सुविधा खाएर बसेको छ , रास्वापाद्धारा संसदमा ध्यानाकर्षण

  • अनलाइन डबली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भाषा आयोगमा तीन वर्षदेखि एउटै नाम भएको तर अर्का व्यक्ति कृष्णप्रसाद न्यौपानेले सुविधा खाएर बसेको विषयमा संसदमा ध्यानाकर्षण गराएको छ ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद मनिष झाले उक्त विषय खतरा तरिकाले देश चलाएको छौं भनेर उफ्रिने केही अग्रज नेताहरुको लागि एउटा तमासा भएको बताए ।
उनले भने, ‘भाषा आयोगमा तीन वर्षदेखि अर्को कृष्णप्रसाद न्यौपाने संवैधानिक नियुक्तिमा तीन वर्षसम्म अर्को व्यक्तिले नाम मिल्यो भन्दैमा सुविधा खाएर बसेको रहेछ । देश कसरी चलेको रहेछ भन्ने कुरामा उदाहरण हो यो । खतरा तरिकाले देश चलाएको छौं भनेर यहाँ उफ्रिने केही अग्रजहरुलाई यो एउटा तमासा हो । संवैधानिक नियुक्तिमा समेत यत्ति हेलच्याक्राईँ ?’
अहिले भाषा आयोग कार्यालयमा रहेका सदस्य कृष्णप्रसाद न्यौपाने मन्त्रिपरिषद्ले नियुक्त गरेका प्रा.डा. न्यौपाने नभएको उनको भनाई छ ।
दुवैको नाम, जिल्ला, पालिका र वडासम्म मिल्छ तर व्यक्तिको अनुहार र योग्यता भने फरक छ । साथै उनले कुलिङ पिरियडमा रामहरि खतिवडाले राजीनामा समेत दिनुपर्ने बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal