आज :

आयातलाई व्यवस्थापन गर्न नसक्दा सुनको नियमनमा समस्या

  • अनलाइन डबली

काठमाडौं । वाणिज्य आपूर्ति तथा  उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमार प्रसाद दाहालले आयातलाई व्यवस्थापन गर्न नसक्दा सुनको नियमनमा समस्या आएको बताएका छन् ।

मंगलबार इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) ले आयोजना गरेको राउन्ड टेबल कार्यक्रममा बोल्दै उनले सुनको समस्या न्यूनिकरणका लागि आयातलाई व्यवस्थापन गर्नुपर्ने बताएका हुन् ।

उनले भने,‘सर्वप्रथम सुनलाई हामीले जबसम्म व्यवस्थापन गर्न सक्दैनौ । तवसम्म यसको समस्या उभोक्ताहरुसँग सधंैभरी भैरहन्छ । जबसम्म आयातलाई व्यवस्थापन गर्न सकिदैन अथवा नियमन गर्न सकिदैन । तस्करी भन्दिन यो शब्दलाई मैले । यो अवसरवाद हो । कुनैपनि टे«डर्स, युवाहरु जहाँ अवसर हुन्छ त्यहाँ कुद्छन् ।’

उनले नेपालमा सुनका उद्योग नभएकोले पनि सुन व्यवसायमा समस्या आएको बताए ।

‘हामी काँचो सुन प्रयोग गर्दैनौ । काँचो सुन देवी, देवता, मन्दिरमा काँचो सुन प्रयोग गरे भयो तर उपभोग गर्ने सुन रुपान्तरण गरेर प्रयोग हुन्छ । नेपाल भित्र सुनका उद्योग कति छन् ? छदै छैन । त्यो मर्मत केन्द्र भनेको उद्योग हैन । उद्योग विभागमा दर्ता भएर कुनै कच्चा प्रदार्थलाई ३० प्रतिशत भन्दा बढि मूल्य जोडिसकेपछि त्यो उद्योगमा जान्छ र आफ्नो टे«ड अनुसार मूल्य पाउँछ ।’ उनले भने ।

यस्तै, परम्परादेखि नै नेपाली समाजमा सुनलाई विशेष महत्व दिइँदै आएको छ । फलाम, चाँदी, आल्मुनियमजस्ता धातुहरूभन्दा सुनको मूल्य महँगो हुनुको कारणबारे अर्थविद चन्द्रमणि अधिकारीले रोचक तर्क प्रस्तुत गरेका छन् ।

उनले भने, ‘सुन न सड्ने, न खिया लाग्ने धातु हो । अरू धातुजस्तो बिग्रिने समस्या नहुने हुँदा पनि यसको मूल्य उच्च छ । साथै, सुन शरिरमा सुहाउँदो हुने र दीर्घकालसम्म टिक्ने भएकाले पनि यसको माग बढी हुने गरेको छ ।’

उनले संस्कार, विवाह, पूजापाठदेखि सामाजिक प्रतिष्ठासम्म सुनको प्रयोग हुँदै आएको र महँगो सामग्रीसँग साट्न थालिएपछि यसको महत्व झनै बढेको बताए । यसरी सामाजिक, सांस्कृतिक र भौतिक दृष्टिकोणबाट हेर्दा सुनको महत्व उच्च रहँदै आएको र यही कारणले यसको मूल्य पनि लगातार बढ्दै गएको अधिकारीले बताए  ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal