आज :

गुणस्तरीय फैसलाको लागि कानुन व्यवसायीको भूमिका महत्वपूर्ण

  • अनलाइन डबली

काठमाडौं । दोलखा कानुन व्यवसायी समाजले सर्वाेच्च अदालतका न्यायाधीश बलराम केसी, हरि प्रसाद फुयाल र दोलखा कानुन व्यवसायी समाजका अध्यक्ष समेत रहेका मेघराज पोखरेललाई सम्मान गरेको छ ।

मंगलबार सर्वाेच्च अदालतको न्यायाधीश पदका सिफारिस हुन सफल भएकोमा बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो ।

कार्यक्रममा बोल्दै न्यायाधीश मेघराज पोखरेलले गुणस्तरीय फैसलाको लागि कानुन व्यवसायीको भूमिका महत्वपूर्ण रहने बताए । उनले कानुन व्यवसायीहरुमा ज्ञानको पुञ्ज हुनुपर्ने भन्दै त्यसबाट न्यायाधीशले गुणस्तरीय फैसला दिन सक्ने बताए ।

‘कानुन व्यवसायीबाट न्यायकर्मीको रुपमा परिणत भएको छ । यसमा म बुझ्दै छु प्रयास गर्दैछु । मलाई के लागिरहेको छ भने कानुन व्यवसायीको भुमिका महत्वपूर्ण छ । कानुन व्यवसायीहरुमा ज्ञानको पुञ्ज हुनुपर्ने रहेछ । दुईथरी वहस र पैरवी गरेर विभिन्न अनुसन्धानहरु गरेर न्यायाधीशलाई दिने हो भने न्यायाधीशले मह काढेजस्तै काढेर आफ्नो फैसलालाई गुणस्तरीय बनाउने हो,’ उनले भने ।

यस्तै कार्यक्रममा न्यायाधीश बलराम केसी र हरि प्रसाद फुयालले न्याय पक्षलाई विश्वासिलो र गुणस्तरीय बनाउन आफ्नो योगदान रहने धारणा व्यक्त गरे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal