आज :

अँधेरी खोलाले बगाएको पुल नबन्दा सर्वसाधारण जोखिममा

  • अनलाइन डबली

रामेछाप । दोरम्बा शैलुङ गाउँपालिका–२ को अँधेरी खोलले बगाएको पक्की पुल नबन्दा सर्वसाधारणको यात्रा जोखिमपूर्ण बनेको छ ।

जिल्ला सदरमुकाम मन्थली र काठमाडौंबाट दोरम्बा शैलुङ गाउँपालिकाको केन्द्रसम्म पुग्ने ढोइगाउँस्थित अँधेरी खोलाको पुल गत भदौ महिनामा आएको बाढी पहिरोले बगाएको थियो ।

पुल बगाएको एक वर्षमा पनि पुल निर्माणको काम सुरु नभएको मात्र होइन अन्य कुनै वैकल्पिक व्यवस्था समेत नहुँदा स्थानीयलाई आवागमनमा समस्या भएको छ ।

स्थानीय थिरबहादुर थापा मगरका अनुसार दोरम्बा शैलुङ गाउँपालिका १, २ तथा सदरमुकाम मन्थलीबाट गाउँपालिकाको केन्द्र आउजाउ गर्ने मुख्य सडकमा रहेको सो पुल बगाएको ठाउँमा अहिले खोलैबाट सडक सञ्चालनमा छ ।

थापाले भने, ‘पानी घटेको बेलामा लोडरले सम्याएर सडक चलाइन्छ, पानी पर्ने बित्तिकै खोलाले बाटो बिगार्छ ।’

वर्षाको बेलामा यातायात साधन मात्र होइन पैदल यात्रीलाई पनि खोला तर्न निक्कै समस्या परेको उनले बताए । पहिरोले खोलामा राखिएको झोलुङ्गे पुलमा समेत क्षति पु¥याएको छ । सो झोलुङ्गे पुल समेत मर्मत नहुँदा स्थानीय जोखिम मोलेर खोला तारिरहेका छन् ।

उनले भने, ‘कम्तीमा झोलुङ्गे पुल मात्रै मर्मत गरिदिएको भए पनि सर्वसाधारणलाई आवागमनमा सहज हुने थियो, त्यो काम पनि हुन सकेको छैन, गाउँलेहरू निक्कै जोखिममा खोला तरिरहेका छन् ।’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal