आज :

भ्रष्टाचार र बेथितिको अनुसन्धान मन्त्रि परिषदबाटै सुरु गरौं ः रास्वपा सांसद शाह

  • अनलाइन डबली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद असिम शाहले सरकारलाई लक्षित गर्दै भ्रष्टाचार र बेथितिका विषयमा मन्त्रिपरिषद्बाटै अनुसन्धान सुरु गर्नुपर्ने औंल्याएका छन् ।

उनले सरकारसँग आँट भए अनुसन्धानको झाडु अन्त होइन, सिहंदरबारको मन्त्रिपरिषदबाटै सुरु गर्न चुनौति दिएका हुन् ।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारले पहिला आफ्ना मन्त्रीहरुमा लागेको भ्रष्टाचार र बेथितिको धुलो घटाएपछि मात्रै  जनताका लागि न्यायको ऐना सफा देख्ने दावी गरे ।

उनले बन तथा वातावरण मन्त्रीले हुँदै नभएको कार्यक्रममा श्रीमती र स्वकिय सचिवलाई सरकारी ढुकुटीबाट नर्बे सयर गराएको आरोप लगाए ।

शाहले भिजिट भिसाका नाममा भएको मानव तस्करीको फाइलको अनुसन्धान कहाँ पुग्यो भनेर गृहमन्त्रीलाई प्रश्न समेत गरे । घुस लिएको प्रमाण सार्वजनिक हुनेवित्तिकै मन्त्री राजीनामा दिएको विषय उठाउँदै उनले राजीनामा दिंदैमा अपराधबाट मुक्ति नपाउने जिकिर गरे ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal