आज :

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाल प्रचार गर्ने खेलाडीहरुलाई मच्छेगाउँमा सम्मान

  • अनलाइन डबली
काठमाडौंको चन्द्रागिरि नगरपालिकास्थित मच्छेगाउँमा खेलकुदका विभिन्न विधाका विजेताहरूलाई सम्मान र दीक्षित गरिएको छ । नरहरिपुर शाखा कराते डोजोले चन्द्रागिरिको प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद क्षेत्रमा उपाधि जितेका खेलाडीहरूलाई सम्मान तथा डोजोमा भएको प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्नेहरूलाई दीक्षित गरिएको हो । सम्मानित हुनेहरु मध्ये क्ल्याप पुल–अपमा गिनिज वल्र्ड रेकर्ड कायम गर्ने सुनिल खड्का, १३ औं सागमा कराते कातामा स्वर्ण पदक जितेका प्रवीण मानन्धर, ८ औं दक्षिण एसियाली खेलकुद र भुटानमा भएको खेलकुदमा दोहोरो स्वर्ण पदक जितेका स्वनिम मानन्धर हुन् ।
यसैबीच, सञ्जु देशार, मनिष कार्की, सिर्जना महतरा, अमृत थोकर, प्रथम मानन्धर र मानबहादुर किङरिङलाई चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरिले सम्मान गरेका थिए । सगरमाथा सफलतापूर्वक आरोहण गरेका डोजो खेलाडी विधान श्रेष्ठलाई पनि समारोहमा सम्मान गरिएको थियो । १२ विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई मच्छेगाउँको नरहरिपुर डोजोमा दीक्षित गरिएको थियो । कार्यक्रममा बोल्दै मेयर गिरिले नरहरिपुर डोजोले उत्पादन गरेका खेलाडीहरूलाई अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको नाम कमाएकोमा धन्यवाद दिँदै डोजो सुधार गर्न आफू सहयोग गर्न तयार रहेको बताए । उनले स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार नगरपालिकाको शिक्षा तथा खेलकुद शाखा मार्फत खेलाडीहरूलाई प्रोत्साहन भत्ता प्रदान गर्न खेलकुद ऐनसँगै कार्यविधि र नियमावली बनाउन सकिने बताए । खेलकुद क्षेत्रको विकास गर्न कभर्ड हल निर्माणमा सहयोग गर्ने आश्वासन पनि दिए ।
प्रमुख प्रशिक्षक रविन्द्र मानन्धरले प्रशिक्षण दिएका खेलाडीहरुलाई गरिएको सम्मान र दीक्षान्त समारोह डोजोका अध्यक्ष सानुभाइ थापा मगरको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal