आज :

मातृभाषा संरक्षणको लागि सचेतना जगाउन प्लेकार्ड प्रदर्शनी ( फोटो फिचर )

  • अनलाइन डबली
मातृभाषाको संरक्षण, प्रवद्र्धन र विकासको लागि सचेतना जगाउन प्लेकार्ड प्रदर्शनी गरेका छन् । नेवाः ग्वहालि पुचः र नेवाः मिसा ग्वहालि पुचःले गुंला पर्वको बखत स्वयम्भू महाचैत्य दर्शन गर्नआउने स्थानीयबासीको सन्दर्भ मिलाएर भगवानपाउ क्षेत्रमा प्लेकार्ड प्रदर्शनी गरेको थियो ।
प्लेकार्डमा “हाम्रा बालबालिकालाई नेपालभाषा सिकाऔं, नेवार भएकोमा गर्व गरौं’, मातृभाषाको संरक्षणले सहअस्तित्व कायम गर्दछ जस्ता नारा लेखिएका थिए । प्लेकार्ड प्रदर्शनीमा भाषासेवी विष्णु चित्रकार, विद्यादेवी चित्रकार, श्रीकृष्ण मानन्धर, रवीन्द्र श्रेष्ठ, गायिका रोजी श्रेष्ठ डंगोल लगायतले भाग लिएका थिए ।
नेवाः ग्वहालि पुचः, आदिवासी नेवाः आदिवासी राजनीतिक अभियान, नेवाः मिसा ग्वहालि पुचःले वर्षेनी यस्ता कार्यक्रम गर्दै आएको छ । यो वर्ष पनि महानगरका विभिन्न वडाका नेवाः मिसा ग्वहालि पुचःले प्लेकार्डसहित प्रदर्शनीमा भाग लिएका थिए । मातृभाषा जोगाउन सकियो भने मात्र सामुदायिक अस्तित्व जोगाउन सकिने प्रदर्शनीमा सहभागीहरूले बताए ।
फोटोहरु –

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal