आज :

खानेपानीलाई मैलिक अधिकारको विषय मात्र नभई प्राथमिकताको विषय बनाउनुपर्छ : नारायणकाजी श्रेष्ठ

  • अनलाइन डबली

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले खानेपानीलाई मैलिक अधिकारको विषय मात्र नभई यसलाई प्राथमिकताको विषय बनाउनुपर्ने बताएका छन् ।

बिहीबार बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले खानेपानीलाई पहिलो प्राथमिकताको योजना बनाएर काम गर्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘खानेपानीलाई मैलिक अधिकारको विषय मात्र हैन मौलिक अधिकारको पनि प्राथमिकतामाको विषय ठानेर आमरुपमा जहाँ खानेपानीको समस्या छ त्यो माग गरेर त्यसलाई पुरा गर्ने योजना प्राथमिकताको योजना बनाउनु पर्यो ।’

उनले खानेपानीको अभावका विषयमा जनतासँग, स्थानीय निकायसँग त्यसको माग गर्नुपर्ने बताए । ‘यो खानेपानीको बिषय कस्तो बनाउनु पर्यो भने नेपालमा अहिले स्वच्छ खानेपानीको अभाव कहाँ कहाँ छ भनी आधारभूतरुपमा खानेपानीकै अभाव जनतासँग, स्थानीय निकायसँग त्यसको माग गर्नुपर्यो र  यसलाई पहिलो प्राथमिकताको योजना बनाएर जहाँ माग भएको छ त्यो बास्तुयोग्य हो की हैन सम्बन्धित निकायले त्यसको सर्वेक्षण गर्ने गर्नुपर्छ,’ उनले भने ।

यसैगरी नेकपा एकीकृत समाजवादीका नेता वामदेव गौतमले तराईका जिल्लाहरुमा हरेक पाँच किलोमिटर पानी पोखरी निमार्ण गर्नुपर्ने बताए ।

‘मेरो विचारमा हरेक पाँच किलोमिटरमा राजमार्ग भन्दा दक्षिण हरेक पाँच किलोमिटरमा माथिबाट पनि पाँच किलोमिटर पानी पोखरी निमार्ण गर्ने, आठ जिल्लामा ४० वटा पोखरी निर्माण गरौँला । यो पोखरी रिचार्ज गर्नुका साथै निमार्ण गर्न सुरु गरिहाल्ने । जहाँ–जहाँ पानी जम्मा गर्न सकिन्छ जम्मा गर्दै जाने । यसका लागि २५÷३० हजार कामदार खटाउने हो भने दुई÷तीन महिनामा हामीले परिणाम दिन सक्छौँ,’ उनले भने ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal