आज :

ट्रासफर्मिङ नेपाल ः ब्यालेन्सिङ ग्रोथ विथ इक्विटी’ नामक पुस्तक सार्वजनिक

  • अनलाइन डबली

काठमाडौं । उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले ‘ट्रासफर्मिङ नेपाल ः ब्यालेन्सिङ ग्रोथ विथ इक्विटी’ नामक पुस्तक सार्वजनिक गरेका छन् ।
प्राडा पुष्कर बज्राचार्य, मोहनदास मानन्धर र रोजन बज्राचार्यद्वारा लिखित ‘ट्रासफर्मिङ नेपाल ः ब्यालेन्सिङ ग्रोथ विथ इक्विटी’ नामक उक्त पुस्तक एक समारोहबीच सार्वजनिक गरेका हुन् । 6
बिहीबार पुस्तक विमोचन गर्दै उनले वित्त बजारलाई अर्थतन्त्रको आधारशिला मान्दै नेपालमा यसको समुचित विकास नभएसम्म अर्थतन्त्र पूर्ण रुपमा गतिशील नरहने तर्क पुस्तकले गरेको बताए ।
उनले भने, ‘पुस्तकले वित्त बजारलाई अर्थतन्त्रको आधारशिला मान्दै नेपालमा यसको समुचित विकास नभएसम्म अर्थतन्त्र पूर्ण रुपमा गतिशील नरहने तर्क छ । त्यस्तै प्रतिस्पर्धात्मक निर्यात केन्द्रित उत्पादनले मात्र व्यापार घाटा सन्तुलनमा आउने धारणा रहेको छ । त्यस्तै नेपाल जस्तो भौगोलिकलगाएत अरु विभिन्न खाले कठिनाई रहेको अल्पविकसित मुलूकमा सुशासन नै समृद्धिको पहिलो स्तम्भ रहेको धारणा पुस्तकको छ ।’
उनले विकासको आधार नै शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधार मानिएको भन्दै गरिबी न्यूनीकरण र रोजगारी सिर्जना जस्ता कुराहरुको उचित सम्बोधन हुनुपर्ने पुस्तकले तर्क गरेको बताए ।
‘शिक्षा, स्वास्थ्य, र भौतिक पूर्वाधार विकासलाई विकासको आधार मानिएको छ । सामाजिक बहिष्करण र भेदभाव, वातावरण र जलवायु परिवर्तन, गरिबी न्यूनीकरण र रोजगारी सिर्जना जस्ता कुराहरुको उचित सम्बोधन हुनुपर्ने साथै समृद्धिका अरु कोणहरुलाई पनि उचित सम्बोधन भएमा मात्र सर्वांगीण विकास हुने पुस्तकको तर्क छ,’ उनले भने ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal