आज :

जनकपुरको कटैयाचौरी नजिक एक किशोरीको हत्या, दुई जना घाइते

  • अनलाइन डबली

जानकपुर । जनकपुरधाम उपमहानगरपालिका–४ स्थित कटैयाचौरी नजिक गएराति धारिलो हतियार प्रहारबाट एक किशोरीको हत्या भएको छ । घटनामा अन्य दुई जना घाइते भएका छन् ।

हतियार प्रहारबाट १४ वर्षीया अञ्चली यादवको ज्यान गएको हो । उनी ३६ वर्षीया आशा यादवकी छोरी हुन् । घटनामा आशा यादव पनि घाइते भएकी हुन् ।

त्यस्तै उनको भतिजी राधा यादव पनि घाइते भएकी छन् । घाइते दुबैलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा भर्ना गरिएको छ ।

मधेश प्रदेश प्रहरी प्रमुख उमा चतुर्वेदीका अनुसार घटना राति करिब ११ बजेतिर भएको हो । अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरी फरार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । अहिले घटनाको अनुसन्धान तीव्र पारिएको र फरार व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal