आज :

संसदमा विचाराधीन विभिन्न विधेयकहरूप्रति ध्यानाकर्षण

  • अनलाइन डबली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) का नेताहरुबीच सोमबार सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा भेटवार्ता तथा छलफल भएको छ ।

बैठकमा दुवै पार्टीका नेताहरुले समाजवादी मोर्चाको भोलि हुने बैठकलाई कसरी सफल र उपलब्धिमूलक बनाउने भन्ने विषयमा केन्द्रित रहेर छलफल गरेका हुन् ।

नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष प्रकाश ज्वालाले बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै संसदमा विचाराधीन विभिन्न विधेयकहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जानकारी दिए ।

‘सामुदायिक शिक्षा सम्बन्धी विधेयक अड्किएको छ, संघीय निजामति सेवा सम्बन्धी विधेयकमा षड्यन्त्र भएको छ,’ उपाध्यक्ष ज्वालाले भने, ‘निजामति विधेयक राष्ट्रिय सभामा पुगेपछि फेरि दयनीय अवस्थामा फर्काउने षड्यन्त्र भइरहेको छ ।’

उनले संसदमा दुवै पार्टीका सांसदहरुले सशक्त भूमिका निर्वाह गर्ने विषयमा समेत छलफल भएको बताए ।

‘सरकारका क्रियाकलाप र देखिएका नकारात्मक प्रवृत्तिहरु विरुद्ध संसदमा कसरी प्रभावकारी ढंगले प्रस्तुत हुने भन्नेबारे पनि विस्तृत छलफल भयो,’ ज्वालाले भने ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal