आज :

युएईस्थित दूतावासमा एआई च्याटबट र कल सेन्टर छिट्टै सुरु हुने

  • अनलाइन डबली

काठमाडौँ । विदेशस्थित नेपाली दूतावासहरूमा फोन नउठ्ने र समयमा आवश्यक जानकारी नपाइने भन्ने गुनासो सुनिएको सन्दर्भमा समस्याको समाधानका लागि निर्माण गरिएको एआई च्याटबट र कल सेन्टर प्रणालीको काम अन्तिम चरणमा पुगेको छ ।
गैर आवासीय नेपाली संघ ९एनआरएनए०को पहलमा केही हप्ताभित्रै संयुक्त अरब इमिरेट्स ९युएई०बाट पाइलट प्रोजेक्टको रूपमा उक्त सेवा सुरु गर्न लागिएको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय र गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए० बीचको सहमतिमा ‘श्रम संसार’ एपमा एआई च्याटबट र कल सेन्टर प्रणालीलाई एकीकृत गर्ने कार्य अन्तिम चरणमा पुगेको एनआरएनएका अध्यक्ष महेश कुमार श्रेष्ठले जानकारी दिए ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी र मन्त्रालयको प्राविधिक टोली समक्ष एनआरएनएको प्राविधिक टोली ९टेक्निकल टिम०ले प्रणालीको नमुना ‘डेमो’ प्रस्तुत गरेको थियो ।
मन्त्री भण्डारीसँगको छलफलमा यो प्रणालीलाई पाइलट प्रोजेक्टको रूपमा युएईबाट सुरु गरी क्रमशः अन्य देशहरूमा विस्तार गर्ने सहमति भएको एनआरएनएका कोषाध्यक्ष ठाकुर प्रसाद ढुङ्गानाले बताए ।
‘श्रम संसार’ एपमा एआई च्याटबट र कल सेन्टर प्रणाली एकीकृत भएपछि दूतावासहरूमा फोन नउठ्ने समस्याको समाधान हुने अपेक्षा गरिएको छ । डिजिटल प्रणालीमार्फत विदेशमा रहेका नेपालीहरूले टेलिमेडिसिन, स्वास्थ्य शिक्षा, परामर्शलगायत विभिन्न समस्याहरूको समाधान हुन सक्ने एनआरएनए अध्यक्ष श्रेष्ठले बताए । साथै जनशक्ति अभावमा पनि काम गर्न सहज हुने बताउँदै त्यसका लागि लाग्ने लागत एनआरएनले व्यहोर्ने पनि जनाइएको छ ।
सो अवसरमा मन्त्री भण्डारीले संसारभर रहेका नेपालीहरूको सेवा गर्नु नेपाल सरकारको दायित्व भएको बताउँदै यसलाई चाँडै नै सार्वजनिक गरेर सेवा सुरु गर्न आफू तयार रहेको प्रतिबद्धता व्यक्त गरे । प्रणालीलाई एकीकृत गर्नका लागि सबै दूतावासहरूसँग परराष्ट्र मन्त्रालयमार्फत आफूले समन्वय गर्ने पनि उनले स्पष्ट पारे ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal