आज :

सरकारको वर्ष दिनको मुल्याङ्कन गर्र्दा सोचेजस्तो काम हुन सकेन ः नेता सिटौला

  • अनलाइन डबली

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले सरकार निर्माणको वर्ष दिनको मुल्याङ्कन गर्र्दा सोचेजस्तो काम हुन नसकेको बताएका छन् ।
आइतबार काठमाडौंमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले बाध्यात्मक परिस्थितिमा निर्माण भएको सरकार भएकाले वर्ष दिनको मुल्याङ्कन गर्र्दा सोचेजस्तो काम हुन सकेको बताए ।
उनले कसैको बहुमत नभएकाले वर्तमान सरकारको विकल्प अर्को हुन नसक्ने दाबी समेत गरे ।
उनले भने,‘कसैको बहुमत छैन । पहिले प्रचण्डजीले नछोडेको भए त्यही सरकार चलिरहन्थ्यो होला छाडेपछि एउटा परिस्थितिमा निर्माण भएको सरकार हो । वर्ष दिन भयो, वर्ष दिनको मुल्याङ्कन गर्र्दाखेरी सोचेजस्तो काम हुन सकेको छैन् । अपेक्षा गरे बमोजिम काम हुन सकेको छैन् । तर सरकार निरन्तर जान्छ । यो सरकारको विकल्पको सरकार बन्ने अवस्था छैन् ।’
उनले पार्टीको महाधिवेशन २०८३ को दशैंको सेरोफेरोमा आयोजना हुने समेत जानकारी गराए ।
त्यस्तै उनले संविधान बमोजिम नै राष्ट्रपतिले संवैधानिक परिषद् सम्बन्धी विधेयकलाई सुझावसहित प्रतिनिधि सभामा पठाएको बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal