आज :

मुस्लिम समुदायले वर्षाका लागि गरे प्रार्थना

  • अनलाइन डबली

दिपेश पौडेल – रौतहट
रौतहट । रौतहटका मुस्लिम समुदायले वर्षाका लागि इस्तिस्का (पानीको प्रार्थना) गर्दै नमाज पढ्न थालेका छन ।
परोहा नगरपालिका र गुजरा नगरपालिका लगायतका मुस्लिम समुदायले वर्षाको लागी भगवान (अल्लाह) समक्ष पानीको माग गर्दै प्रार्थना गरेका हुन ।
रौतहट सहित मधेस प्रदेशमा खडेरीको चपेटा र चापाकल सुकेर जल संकट गहिरिँदै गएका बेला उनीहरुले धार्मिक परम्पराअनुसार इस्तिस्का नामाज अदा गरेको स्थानीय इस्तिका अहमदले बताए ।इस्तिस्का नामाज अदामा मुस्लिम समुदायका वृद्धदेखि युवासम्म सहभागी भएको उनको भनाइ छ ।
लामो समयसम्म पानी नपरेपछि मुस्लिम समुदायले सामूहिक रूपमा इस्तिस्का नामाज पढ्ने धार्मिक परम्परा रहेको समेत उनले उल्लेख गरेका छन् ।
उनका अनुसार प्रार्थनाका बेलामा सबैले निःस्वार्थ मनले हात उठाएर अल्लाहसग क्षमा माग गर्दै रक्षाको कामना गरिन्छ । खडेरी (जल संकट) ले जिव–जनावर, रुख–बिरुवा र खेतीबाली सुक्दै गएको र पिउने पानीसम्म अभाव हुन थालेपछि विशेष नमाज अदा गर्दै अल्लाहसँग बारम्बार दुवा गरेको उनको भनाइ छ ।धार्मिक परम्पराअनुसार, लामो समयसम्म पानी नपरेपछि मुस्लिम समुदायले सामूहिक रूपमा इस्तिस्का नामाज पढ्ने गर्छन्।
यो धार्मिक र सांस्कृतिक अभ्यास मुलुकमा पानीको अभाव र सुख्खा परेका बेला भगवान (अल्लाह) समक्ष पानीको माग गर्ने गरिन्छ। यो प्रार्थना शान्तिपूर्ण र श्रद्धापूर्वक हुन्छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal