आज :

महिलालाई ५० प्रतिशत आरक्षण आवश्यक

  • अनलाइन डबली

कीर्तिपुर, साउन १० गते । महिलाको त्याग, तपस्या र वलिदानबाट प्राप्त संविधानमा ३३ प्रतिशतको आरक्षणले मात्र महिला अधिकार सुनिश्चित नहुने भन्दै महिला नेतृहरुले ५० प्रतिशत आरक्षणको माग गर्नुभएको छ ।
शनिबार यहाँस्थित अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को नगर सम्मेलनमा बोल्नुहुँदै उहाँले आधा आकाश आगेटेका महिलाको समुचित विकास नभएसम्म देशको विकास सम्भव नभएको बताउनुभएको हो ।
पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा प्रतिनिधिसभाका सांसद रेखा शर्माले महिला उद्यमशिलता र शक्तिकरणले मात्र देश विकास हुने बताउनुभएको छ । महिलाको अधिकारको कुरा गरिरहँदा महिलालाई आर्थिक रुपमा सबल बनाउन सबै पक्षको ध्यान जान जरुरी रहेको उहाँले बताउनुभयो ।
यस्तै, पूर्व विज्ञान तथा प्रविधिमन्त्री कल्पना धमलाले हरेक आन्दोलनमा महिलाको सहभागिता रहेको स्मरण गर्नुहुँदै महिला पनि कार्यकारी भूमिकासम्म पुग्ने सक्तै हैसियत स्थापित भइसकेको स्पष्ट पार्नुभयो ।
यस्तै, अखिल नेपाल महिला संघ (क्रान्तिकारी)का अध्यक्ष अमृता थापामगरले महिलाको त्याग, तपस्या र वलिदानबाट प्राप्त संविधानमा ३३ प्रतिशतको आरक्षणले मात्र आउँदो दिनमा महिलालाई पर्याप्त अवसर नपुग्ने बताउनुभयो ।

उहाँले महिला चेतनशिल भए मात्र पुरै परिवार, समाज र देश चेतनशिल हुन्छ, भन्नुभयो ।नगर सम्मेलनले संगीता उप्रेती श्रेष्ठको नेतृत्वमा २५ सदस्यीय समिति निर्वाचित गरेको हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal