
काठमाडौं। एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यहि असार २५ गतेदेखि हकप्रद शेयर निष्कासन गर्न लागेको छ ।
कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा ४२ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो । हकप्रद शेयर निष्कासन प्रयोजनका लागि कम्पनीले यसअघि जेठ १६ गते एक दिन बुकक्लोज गरेको थियो । यद्यपि, जेठ १५ मा सावर्जनिक विदा परेकाले जेठ १४ सम्म कायम शेयरधनीहरुले मात्र हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् ।
प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ अर्ब ४२ करोड़ ७९ लाख ३१ हजार २४८ रुपैयाँ बराबरको १ करोड ४२ लाख ७९ हजार ३१२ दशमलव ४८ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । योग्य शेयरधीहरुले साउन १३ गतेसम्म हकप्रद शेयर खरीदका लागि आवेदन दिन
हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड छ । बिक्री प्रबन्धकसँगे मुक्तिनाथ विकास बैंकका बिर्तामोड़, विराटनगर, जनकपुर, नारायणगढ़, पोखरा–चिप्लेढुङ्गा, नेपालगन्ज, सुर्खेत, धनगढ़ी, महेन्द्रनगर र बुटवल शाखा कार्यालय तथा एशियन लाइफ इन्स्योरेन्सको कार्यालयबाट आवेदन दिन सक्नेछन् । त्यसैगरी, सेबोनबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत आवेदन दिन सक्नेछन् । मेरो शेयर अनलाईन पनि आवेदन दिनका लागि प्रयोग गर्न सकिनेछ ।