
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले आन्दोलनका कार्यक्रम स्थगित गरेको छ ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महासंघहरुले नेपाल सरकारलाई २०८२ असार मसान्तसम्मको अल्टिमेटम दिई सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र हिरा तथा बहुमूल्य पत्थरमा लगाइएको १३ प्रतिशत भ्याटको सन्दर्भमा पुनर्विचार गरी खारेज गर्नको लागि ज्ञापन पत्र दिने निर्णय गर्दै जारी आन्दोलन असार मसान्तसम्म स्थगित गरी रचनात्मक कार्यक्रम गर्ने जनाएको हो ।
आन्दोलनका कार्येक्रम स्थगित भए संगै गएको बिहिबार बात बन्द रहेको ब्यबसाय आजबाट खुलेका छन् ।
यसै गरि हिजो सम्पन्न राष्ट्रिय भेलाले ४ बुँदे घोषणापत्र समेत जारी गरेको छ ।
महासंघले सुनचाँदी, हीरा तथा बहुमूल्य धातुका गहना सम्बन्धि नीति निर्देशिका यथाशिघ्र लागू गराउन निर्णयक पहल गर्ने निर्णय गरेको छ ।