आज :

सान्नी त्रिवेणीमा ‘जनतासँग माओवादी अभियान’ सुरू

  • देविराम देवकोटा

कालिकोट — सान्नी त्रिवेणी गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) द्वारा सञ्चालित ‘जनतासँग माओवादी अभियान’ आजदेखि औपचारिक रूपमा सुरू भएको छ। अभियानको पहिलो दिन वार्ड नं. १ मा आयोजित बैठकमा पार्टीका विभिन्न नेताहरू, स्थानीय जनप्रतिनिधिहरू र कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

बैठकमा नेकपा (माओवादी केन्द्र) का कर्णाली प्रदेश सदस्य तथा सान्नी त्रिवेणी गाउँपालिका इन्चार्ज मिठ्ठुदेवी बम, सह-इन्चार्ज भरत बहादुर बिक, गाउँपालिका अध्यक्ष हर्क बहादुर ऐडी, सह-सचिव बिरिन्दा सुवेद, वार्ड नम्बर १ इन्चार्ज गङ्ग बहादुर सार्की, सह-इन्चार्ज कृष्णप्रसाद जैसी, वार्ड अध्यक्ष मनिराम जैसी लगायत स्थानीय नेताहरूको सहभागिता रहेको थियो।

बैठकमा पार्टी नीति, संगठन सुदृढीकरण, जनताका समस्याहरूको पहिचान तथा आगामी रणनीतिहरूमा व्यापक छलफल भएको गाउँपालिका इन्चार्ज मिठ्ठुदेवी बमले जानकारी दिइन्। स्थानीय आवश्यकता केन्द्रित गर्दै जनताको सरोकारका विषयलाई पार्टीले प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएको छ।

अभियान अन्तर्गत गाउँपालिकाका विभिन्न वडाहरूमा निरन्तर बैठक, छलफल तथा जनसंगठन विस्तारको योजना रहेको स्थानीय नेताहरूले बताएका छन्। पार्टीले संगठनलाई थप बलियो बनाउनुका साथै जनता र पार्टीबीचको सम्बन्ध प्रगाढ बनाउन अभियान प्रभावकारी हुने विश्वास लिएको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal