आज :

सुकुम्बासी वस्तीमा हुकुमवासीको हैकम, पशुपति क्षेत्र विकास कोष मिलेको आरोप

  • अनलाइन डबली

काठमाडौं । पुशपति क्षेत्र विकास कोषको जग्गामा केही भूमाफियाहरुको संरक्षणमा आफूलाई पनि सुकुम्बासी भन्ने देवी खरेलले हुकुमवासीको काम गरिरहेको पीडितहरुले आरोप लगाएका छन् । बुधबार राजधानीको संवाद डबलीमा पीडित तथा सरोकारवालाहरुले पत्रकार सम्मेलनको आयोजना गरी सुकुम्वासीको नाममा धनाड्यहरुले हुकुमचलाएको समेत आरोप लगाएका छन् ।

उनिहरुले पुशपति क्षेत्र विकास कोष अन्तरगतको कागेश्वरीमनोहरा नगरपालिका ८ गोठाटारमा रहेको सुकुम्वासी वस्तिको जमिन नियम विपरित मिलेमतोमा किनबेच तथा प्लटिङ् गरिएको जानकारी गराएका छन् ।

समाजिक अभियान्ता तारा बरालले सरकारले अव्यवस्थित तथा सुकुम्वासी नागरिकलाई वसोवासको लागि व्यवस्था गरिएपनि पछिल्लो समयमा मिलेमतोमा त्यसको किनबेच हुन थालेको खुलासा गरेकी छिन् । बरालले अव्यवस्थित तथा भूमिहिन्, पीडितहरुको लागि गरिएको वसोवासको व्यवस्थालाई आर्थिक चलखेलको आधार बनाएको जिकिर गरेकी हुन् । बरालले देवी खरेल मुख्य भूमिकामा रहेर सम्बन्धित निकायकोसमेत मिलेमतोमा सो कार्य चलेको बताउँदै भनिन्,“संस्कृति मन्त्री, पशुपति विकास कोष, स्थानीय तहदेखि भूमाफियासमेत मिलेर सरकारी जग्गा कब्जा गरिहरेका छन्, अव यसको जिम्मा प्रधानमन्त्री केपी ओलीले लिनु पर्छ ।”

नेकपा(माओवादी केन्द्रका) नेता छविन्द्रराज काडेलले सो क्षेत्रमा राजानीतिक अवरणमा वास्तविक सुकुम्वासी पीडितहरुलाई लखेटी केही धनाड्यहरुसँग आर्थिक चलखेल गरिएको बताएका छन् । सामाजिक अभियान्तासमेत रहेका कँडेलले देवि खरेललाई बारमबार सम्झाउँदा पनि उनले कुरा नसुनेर आफू फस्ने खाडल खनिरहेको ठोकुवा गरे ।

दुर्गा प्रसाईँ अभियानका केन्द्रीय सदस्य कुमार बस्नेतले पशुपति जस्ता पवित्र धार्मिक तथा संस्कृतिक स्थलहरुलाई सरकारी स्तरबाटै मास्न खोज्नु दुर्भाग्य रहेको बताए । सो क्षेत्रबाट अविलम्ब वस्ति हटाउनु पर्ने मागसमेत राखे ।

अभियान्ता विष्णु रिमालले कृष्णमया उप्रेती जस्ता वास्तविक पीडतलाई बारम्बार तनाब दिएर हटाउने र दोस्रो मान्छे राखेर आर्थिक लेनदेन गर्नु गैर कानुनी भएको बताए ।


पीडत कृष्ण माया उप्रेतिले विगतमा आफू एक पीडित भएको कारण देवि खरेलले सो ठाउँमा राखेको भए पनि पछि खरेलले माग गरे अनुसारको रकम दिननसकेपछि आफूलाई हटाउन खोजिरहेको दुःखेसो व्यक्ति गरिन् ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal