![](https://onlinedabali.com/wp-content/uploads/2025/02/oli-deuba-gathbandhan.jpg)
काठमाडौँ । सत्ताधारी दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । प्रधानमन्त्रीले बोलाएको बैठकमा सरकारलाई समर्थन गरेको जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव भने सहभागी भएका छैनन् ।
बैठकमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानलगायत सहभागी रहेका छन् ।
त्यसैगरी सो बैठकमा जनमतका अध्यक्ष सीके राउत पनि सहभागी भएका छैनन् । राउतले उपाध्यक्ष खानलाई बैठकमा पठाएका छन् । सरकारले संसदमा पेश गरेका अध्यादेशप्रति राउत पनि सन्तुष्ट नभएको बताइएको छ ।
बैठकमा सरकार र संसद्का कामको प्रभावकारिता र विचाराधीन विभिन्न अध्यादेशहरू लगायत विषयमा छलफल भएको छ । यसअघि शुक्रबार एमाले र कांग्रेसका नेताहरू सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सम्पन्न भएको थियो ।