आज :

ताँजाकोट गापाले गर्यो जनयुद्ध दिवसको अवसरमा शहिद परिवारलाई सम्मान

  • अनलाइन डबली

हिमकाेट । नेकपा माओवादी केन्द्र ताँजाकोटले जनयुद्ध दिवशको अवसरमा शहिद परिवारलाई सम्मान गरेको छ । ३० औं जनयुद्ध दिवशको अवसरमा हुम्ला जिल्लामा शहिद परिवारलाई सम्मान गर्ने एक मात्र गाउँपालिका हो ।

उक्त दिवशको अवसरमा ताँजाकोट गापाको केन्द्र छप्रेलामा गरिएको कार्यक्रमा १४ जना शहिद परिवारका सदस्यहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको जानकारी ताँजाकोट गापाका इनचार्ज गोपाल बुढा इन्द्रले दिएका छन् ।

नेपालको पछिल्लो राजनीतिक आन्दोलनमा माओवादीले शुरु गरेको जनयुद्ध दिवश एक अति महत्वपूर्ण घटना भएकाले यसको क्रममा जीवनको आहुति दिनु हुने शहिदको महत्वपूर्ण र सम्मानजनक स्थान भएकाले सँधै सम्झनयोग्य भएकाले शहिद परिवारलाई सम्मान गरिएको हो ।

उक्त कार्यक्रममा कर्नाली प्रदेश कमिटी सदस्य तथा प्रादेशिक सांसद रणसिंह परियार, गापा अध्यक्ष लालकेश जैसी लगायत अन्य कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

यस अवसरमा विभिन्न सांस्कृतिक झाँकी सहित अन्य कार्यक्रमहरुको समेत आयोजना गरिएको थियो ।

जनयुद्ध दिवशमा सार्वजनिक विदा दिने तीन स्थानीय तह

फागुन १ गते माओवादीले शुरु गरेको जनयुद्ध दिवश ३० औ वर्षमा प्रवेश गरेको छ । यसको सम्झना र सम्मानमा कर्नाली प्रदेशका तीन स्थानीय तहले सार्वजनिक विदा दिएर जनयुद्धलाई उचित सम्मान गरेका छन् ।

फागुन १ गते जनयुद्ध दिवशका अवसरमा सार्वजनिक विदा दिने स्थानीय सरकार अर्थात् तहहरुमा जुम्ला जिल्लाको सिंजा गापा, रुकुम पश्चिमको चौरजहारी नगरपालिका, कालीकोटको पलाँता गापा रहेका छन् । अन्य स्थानीय तहहरुले पनि शुभकामना व्यक्त गरेका छन् ।

स्थानीयस्तरमा विभिन्न गाउँहरुमा पनि जनयुद्धको अवसरमा विभिन्न कार्यक्रमहरु पनि सञ्चालन भएको जानकारी प्राप्त भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal