आज :

अध्यादेशको बिपक्षमा मतदान गर्ने जसपा नेपालकाे निर्णय, ओली सरकार धर्म संकटमा

  • अनलाइन डबली

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) सरकारले ल्याएको भुमी सबन्धी अध्यादेशको बिपक्षमा उभिने भएको छ ।

केपी ओली नेतृत्वको सरकारले ल्याएका ६ वटा अध्यादेशमध्ये ५ अध्यादेशमा सकारात्मक देखिए पनि जसपा नेपाल भूमिसम्बन्धी अध्यादेशका बारेमा भने सुरू देखी नै फरक मत राख्दै आएको थियो ।

मंगलबार बसेको जसपा संसदीय दलको बैठकले सो अध्यादेशको बिपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

अरु अध्यादेशको पक्षमा मतदान गर्ने निर्णय गरेपनि भूमि सम्बन्धी अध्यादेश राष्ट्रको हित विपरीतका प्रावधान राखिएको भन्दै विपक्षमा मतदान गर्ने निर्णय गरेको सांसद मृगेन्द्रकुमार सिंहले सञ्चारकर्मीसँग भने ।

जसपाकाे याेसँगै  सरकार धर्म संकटमा परेकाे छ । जसपाकाे निर्णयले भूमी सम्बन्धि अध्यादेश राष्ट्रियसभाबाट पारित नहुने पक्का भएकाे छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal