आज :

जनमुक्ति सेनाबाट एकै गाउँमा साढे एक करोड

  • अनलाइन डबली

हुम्लाको एकै गाउँमा ५० जना माओवादी सेनाहरू स्वेच्छिक अवकास, पुनःस्र्थापना र अन्यबाट १ करोड ५० लाख रकम भित्रिएको छ । यसबाट जनजीवनमा एकातिर आर्थिक आय भएको छ भने अर्कोतिर बसाइँसराइँमा विस्तार भएको छ ।

हुम्लाको सदरमुकाम सिमकोटबाट करीब पाँच घण्टा टाढा तत्कालिन राया गाविस र हालको खार्पुनाथ गाउापालिकाको थाली गाउँमा माओवादी जनयुद्धमा प्रत्येक घरबाट अनिवार्य एक जना होल टाइमर जानु पर्ने बाध्यात्मक अवस्थाले गर्दा करीब नौ दर्जन युवायुवतीहरू माओवादी सेनामा सलग्न भएको उक्त गाउँका युवा शंकर रावलले बताए ।

सदरमुकाम सिमकोटदेखि १३ कोस टाढा रहेको थाली गाउँमा १ सय ७० घरधूरी रहेको छ । यो सानो गाउँबाट मात्र तत्कालिन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धमा सयौं जना युवायुवतीहरू जनमुक्ति सेनामा भर्ना भएका थिए । उनीहरू विभिन्न समयमा विभिन्न जिम्मेवारी र भूमिकामा रहे पनि ५० भन्दा धेरै सेना समायोजनमा स्वेच्छिक अवकाश लिएका थिए ।

जसमा लोकराज रावल (नजिक) दैलेख, जय रावल (हरी) म्याग्दीको बेनीबजार, भरत रावल (भिषण) गोर्खाको मनकामना र मान्देवी परियार गरी चार जना शहिद भएका छन् । शहिदहरूले १० लाख राहत पाउने भनिए पनि अहिलेसम्म २ लाख मात्र राहत पाएका छन् । यसरी चार परिवारले ८ लाख रकम पाएका छन् । यसरी जनसेना हुनेहरूमा धन बहादुर रावल, रामदत्त रावल (क्रन्ति), प्रेम रावल, तारा रावल (सुनिल), दल रावल (माईकल), बेल्की रावल, सन्जीव रावल, कल रावल, जनखे रावल, छैका रावल र केसरी रावल ११ जना शान्ति भएपछि अनमिनको प्रमाणिकरणपछि माओवादी सेना छाडेका छन् । अज रावल (गोपाल), परेकलाल रावल (किशोर) र लक्ष्मी रावल पनि प्रमाणिकरणपछि वाईसिएलमा लागेका छन् । यसरी प्रमाणिकरणपछि वाईसिलमा लाग्नेहरूलाई नेकपा माओवादीहरूले जनही रु. ७० हजारका दरले राहत दिंदा ३ जना वाईसिएलले २ लाख १० हजार पाएका थिए । यसरी बिष्णु (योगी) रावल, विपना, तारा रावल (रिता) र पूल्तिसरा रावल (जैसी)लाई अमिनले अयोग्य ठह¥याएपछि प्रति व्यक्ति १ लाख रकमका दरले ३ लाख पाएका थिए ।

त्यसै गरी कटक रावल (अटल), कल्से रावल (निरक), राजेन्द्र रावल (विद्रोही), सबिन्दा रावल, बिमल रावल, (सुरेस), प्रगति रावल, जीवन रावल (लालिकिरण), सुमित्रा शाही रावल, जनबीर रावल (जनक), पूने रावल (पस्कर), बाँचु जेठरा रावल, राजेश रावल (केसब), गणेश रावल (सजक), जसमति रोकाया रावल (करुण), काले रावल (विद्रोही), देबिसरा बुढाथोकी रावल (बन्दना), प्रेम रावल (कर्ण), चुनौति रावल, बुद्धि रावल (बिनोद), जीवन रावल (डिटोल), शान्ति रोकाया रावल, हाँस रावल (विज्ञान), अस्मिता रावल, धन बहादुर रावल (इतिहास), बिर्सिङ रावल (किशोर), हर्क रावल (शंकर), पेम्बा रावल, बिसे रावल, (अजय) चन्द्र बहादुर शाही (साहस)हरू २८ जनाले स्वेच्छिक अवकाश रोजेपछि प्रति व्यक्ति जनही ५ लाख पाएका थिए । यसरी २८ जनाले १ करोड ४० लाख रकम यो सानो  थाली गाउँमा भित्रिएको थियो ।

हुम्ला जिल्लाबाट जनयुद्ध कालमा करीब ४ हजार जना माओवादी जनसेनामा सहभागी भए पनि धेरै जसो वाईसिएलमा रुपान्तरण भएको एकीकृत माओवादीका तत्कालिन जिल्ला उपाध्यक्ष महेन्द्र शाही अविरामले बताए ।

त्यति बेला पार्टीको नीति अनुसार धेरै होनहार साथीहरू वाईसिएलमा रुपान्तरण भए । त्यसले गर्दा धेरै साथीहरूले यो रकम पाउन सकेनन् उनले भने ।

सम्भबतः हुम्ला जिल्लाबाट नै माओवादी सेना नेपाली सेनामा समायोजन हुँदा एक मात्र महिला राया गाविस थाली गाउँकी सरस्वति जेठरा (रमिता) नेपाली सेना भएकी छन् ।

यसरी हुम्ला जिल्लाका एक सानो गाउँ थाली गाउँको १ सय ७० घरधुरीहरूमध्ये ५० जना अर्थात् ३० प्रतिशत माओवादीमा सहभागी भएको देखिन्छ । यो गाउँमा शान्तिपछि सेना समायोन प्याकेजबाट १ करोड ५० लाख १० हजार भित्रिएको छ । यो रकमले धेरै थालीका मानिसहरुले नेपालगंज, राजापुर, टिकापुर, कैलाली, सुर्खेत, कोहलपुर तथा सिमकोटमा जग्गा जोडेको छन् भने केही व्यापार व्यवसायमा लागेका छन् त केहीले त्यसै आएको रकम जे गरे पनि हुन्छ भनेर तासजुवा, रक्सी र रण्डीवाजीमा पनि खर्च गरेको स्थलगत रिपोर्टिङ्गमा पाइएको छ । हुम्ला जिल्लामा यस्तो के कति रकम भित्रिएको छ । यो त खोजीको विषय बनेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal