काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले फागुन १२ गतेबाट जनतासँग माओवादी अभियान चलाउने भएको छ ।
सोमबार अध्यक्ष प्रचण्ड निवासमा बसेको पदाधिकारी बैठकले फागुन १२ गतेबाट हुलाकी राजमार्ग केन्द्रित अभियान चलाउने निर्णय गरेको हो ।
यसअघि बसेको केन्द्रीय समिति बैठकले हुलाकी र मध्यपहाडी राजमार्ग केन्द्रीयत अभियान चलाउने निर्णय गरेको थियो ।
त्यसैगरी माओवादी केन्द्रले आफ्नो पार्टीबाट निर्वाचित स्थानीय तहका प्रमुख र उपप्रमुखको भेला फागुन ९ गते गर्ने निर्णय पनि गरेको छ ।
प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार फागुन ९ गते काठमाडौँमा पार्टीले जितेका १ सय २३ स्थानीय तहका प्रमुख र उपप्रमुखको भेला गर्ने निर्णय पदाधिकारी बैठकले गरेको हो ।