काठमाडौँ । अनेरास्ववियु (क्रान्तिकारी) को नयाँ नेतृत्वको लागि भएको चुनावको अन्तिम परिणाम आज साँझसम्म आइसक्ने बताइएको छ । अनिश्चितकालिन रुपमा स्थगित गरिएको उपत्यका विशेष र विश्वविद्यालय प्रदेशमा मतगणना गर्ने सहमति भएसँगै अन्तिम परिणाम आजै आउने भएको हो ।
्
नयाँ नेतृत्वको लागि शनिबार दुई भुगोलसहित ७ प्रदेशमा एकैपटक मतदान भएको थियो । निर्वाचन समितिले उपत्यका विशेष र विश्वविद्यालयको मतगणना गर्ने विज्ञप्तिमार्फत जानकारी गराएको छ ।
गणना भइसकेको स्थानमा अध्यक्षमा विजयप्रकाश सापकोटा र हेमन्त राईबीच कडा प्रतिस्पर्धा भइरहेको छ । विजयप्रकाश २० मतले अगाडि छन् । विशेष प्रदेशमा २६४ र विश्वविद्यालय प्रदेशमा २५८ मतदाता रहेका छन् ।
अन्य प्रदेशमा जस्तै विशेष र विश्वविद्यालयमा पनि कडा प्रतिस्पर्धा हुने विद्यार्थी नेताहरुले बताएका छन् । प्रतिस्पर्धा हेर्दा विश्वविद्यालय वा विशेष प्रदेशको मत गणना आधा नहुँदा अहिले नै कसले जित्छ भन्न नसकिने अवस्था रहेको विद्यार्थी नेताहरु नै बताउँछन् ।