आज :

प्रचण्ड तेह्रथुममाः २०५८ माघ १४ गते २१ जनाको सामुहिक हत्या काण्डका पीडितसँग भेट्ने, सहिद स्मृति पार्क र जनयुद्ध संग्रहालयको उद्घाटन

  • अनलाइन डबली

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज (सोमबार) तेह्रथुम पुगेका छन् । सैनिक हेलिकोप्टरमार्फत प्रचण्ड जिल्लामा आयोजना गरिएका विभिन्न कार्यक्रममा सहभागी हुन सोमबार विहान त्यसतर्फ लागेका हुन् ।

आठराई गाउँपालिका–३, साविक ह्वाकु गाउँ विकास समितिमा पर्ने बगालेमा २०५८ माघ १४ गते आजकै दिन सुरक्षाकर्मीको गोली लागी १८ जनमुक्ति सेनाका योद्धा र ३ सर्वसाधारण तत्कालिन शाही सेनाले सामुहिक हत्या गरेको थियो ।

जनमुक्ति सेनाले पाँचथरको गोपेटार प्रहरी चौकी आक्रणका क्रममा घाइते भएका निशस्त्र जनमुक्ति सेनाका सदस्यलाई शाही सेनाले घेरा हालेर सामुहिक हत्या गरेको थियो ।

उक्त घटनाको सम्झनामा आयोजना गरिएको कार्यक्रममा सहभागी हुन प्रचण्डसँगै उपमहासचिव वर्षमान पुन पनि गएका छन् ।

आजै लालीगुराँस नगरपालिका–७ लसुनेस्थित शहीद धनरुपा पार्कको उद्‌घाटन गर्ने कार्यक्रम पनि तय भएको माओवादी केन्द्र तेह्रथुमले जनाएको छ ।

त्यसपछि आठराईमा अध्यक्ष प्रचण्डले बगाले सहिद स्मृति पार्क र जनयुद्ध तथा शान्ति संग्रहालय भवनको शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।
दिउँसो दुई कार्यक्रममा सहभागी भएर प्रचण्ड चुहानडाँडा बजारमा बास बस्ने बताइएको छ ।

अध्यक्ष प्रचण्डको सचिवालयका अनुसार मंगलबार बिहान आठराई गाउँपालिका–६ मा पार्टी कार्यकर्ता, स्थानीय तथा स्वर्गीय माओवादी नेता भक्तराज कन्दङवाका परिवारसँग भेटघाट गर्ने र कन्दङवाको शालीक अनावरण गर्ने कार्यक्रम छ । दिउँसो तेह्रथुम बहुमुखी क्याम्पसको सभाहलमा पार्टीको तेह्रथुम जिल्ला स्तरीय कार्यकर्तालाई राजनीतिक प्रशिक्षण दिएर उनी काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal