आज :

अखिल क्रान्तिकारीको अध्यक्षमा सापकोटा र राईबीच कडा टक्कर, ताजा परिणाम यस्तो छ

  • अनलाइन डबली

काठमाडौं । अखिल क्रान्तिकारीको भावी अध्यक्षमा विजयप्रकाश सापकोटा र हेमन्त राईबीच कडा प्रतिस्पर्धा भइरहेको छ । पछिल्लो मतगणना अनुसार सापकोटाले अग्रता लिएका छन् ।

कोशी प्रदेशमा राईले भारी मतले अग्रता लिएपनि अरु प्रदेशमा भने सापकोटाले अग्रता लिएका छन् ।

मत गणना सकिएका प्रदेशमा लुम्बिनीमा सापकोटाले ८७ र राईले ६६ मत पाएका छन् । सुदूरपश्चिममा सापकोटाले ७२ मत पाउँदा राईले ५९ मत पाएका छन् । गण्डकीमा सापकोटाले ६० मत पाउँदा राईले भने ३९ मत पाएका छन् भने बागमती प्रदेशमा ८७ मत सापकोटा र राईले ४८ मत पाएका छन् ।

त्यसैगरी कोशीमा भारी मतले अग्रता लिएका छन् । राईले ११६ मत पाउँदा सापकोटाले ४९ मत मात्रै पाए । त्यसैगरी सुदूरपश्चिममा सापकोटाले ७२ मत पाउँदा ५९ राईले पाएका छन् । कर्णालीमा राईले दुई मतले अगाडि छन् । राईले ८२ र सापकोटाले ८० मत पाएका छन् ।

मधेसमा अर्का उम्मेदवार उपदेश यादवले अग्रता लिएपनि यो समाचार तयार पार्दासम्म अन्तिम परिणाम औपचारिक रुपमा सार्वजनिक गरिएको छैन ।

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको भावी नेतृत्वयको लागि शनिबार मतदान भएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal