आज :

अखिल क्रान्तिकारीको उपमहासचिवमा सुदूरपश्चिमबाट साउदको उम्मेदवारी, यस्तो छ विद्यार्थी आन्दोलनमा पुर्याएको योगदान

  • अनलाइन डबली

काठमाडौँ । अखिल क्रान्तिकारीको उपमहासचिवमा लालबहादुर साउदले उम्मेदवारी दिएका छन् । नयाँ नेतृत्वको लागि यही १२ गते हुन लागेको चुनावमा सुदूरपश्चिमबाट साउदले उम्मेदवारी दिएका हुन् ।

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको नयाँ नेतृत्वको लागि ७ प्रदेशमा र २ भुगोल प्रदेशसहित ९ स्थानमा चुनाव हुन लागेको हो ।

एक दशकभन्दा धेरै समयदेखि विद्यार्थी आन्दोलनमा सक्रिय साउद २०६८ अछामको हिच्मास्थित कालिका माविको इकार्इ अध्यक्ष भएका थिए । त्यस्तै, २०६९ देखि २०७८ सम्म तत्कालिन अछामको इलाका नम्बर १२ को संयोजक, अछाम क्षेत्र नम्बर २ को संयोजक हुँदै अछाम बहुमुखी क्याम्पसको अध्यक्ष, इन्चार्ज भएका थिए ।

त्यसैगरी २०७८ भाद्र २२ देखि २०८१ भाद्र १५ सम्म ३ वर्ष अछाम जिल्ला अध्यक्ष भएर शिक्षा क्षेत्रमा मौलाइरहेका विकृति विसंगतिविरुद्ध निरन्तर लड्दै आएका साउद यसअघि संगठनको केन्द्रीय सदस्य समेत भएर विद्यार्थीको केन्द्रीय राजनीतिको अनुभव समेत समालिसकेका छन् ।

साउदले आफ्नो उम्मेदवारी वर्तमान परिस्थितिमा राजनीति प्रतिको बढ्दो वितृष्णालाई चिर्ने उद्देश्यका साथ सामाजिक, राजनीतिक र आर्थिक क्षेत्रमा देखापरेका तमामखाले विकृति र विसंगतीविरुद्द सशक्त आवाज बुलन्दको लागि भएको बताए ।

नेपालको शिक्षा प्रणालीलाई निजीकरणबाट मुक्त गराउँदै निःशुल्क र वैज्ञानिक शिक्षा, वर्तमान शैक्षिक पाठ्यक्रमलाई आजको युग सुहाउदो श्रम, उत्पादन र रोजगारसँग जोड्न, संगठनलाई जुझारु, एकतावद्ध र चलायमान बनाउन आफूले भूमिका खेल्ने बताउँदै आफूलाई मतदान गर्न सम्पूर्ण प्रतिनिधिहरुसँग अपील समेत गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal