काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)को केन्द्रीय उपाध्यक्ष (खस–आर्य) पदमा जनक बहादुर बटालाले उम्मेदवारी दिएका छन् ।
माघ १२ गते हुनगइरहेको क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलनबाट नयाँ नेतृत्वको निर्वाचनमा बटालाले शैक्षिक सुधारका लागि प्रतिबद्धता जनाएका छन् । निवर्तमान कार्यालय सचिव रहेका बटालाले आफूलाई विजयी गराए निम्न कार्य गर्ने बतएका छन् ।
मेरो उम्मेदवारीको कारणहरू – केन्द्रिय उपाध्यक्ष (खस आर्य) पदको उम्मेदवार
मेरो उम्मेदवारी प्रस्तुत गर्दा निम्नलिखित कारणहरुले म विद्यार्थी आन्दोलनमा योगदान गर्न सक्छु ।
१) अखिल (क्रान्तिकारी)लाई निष्ठावान, निष्पक्ष र अनुशासित संगठन बनाउन ।
२) वैज्ञानिक समाजवादी शिक्षा स्थापना गर्न ।
३) विद्यार्थीहरूको बीचमा नयाँ विचार र योजनाहरूको प्रवद्र्धन गर्न ।
४) अखिल (क्रान्तिकारी)लाई अझ बलियो र प्रभावशाली बनाउने।
५) सामूहिक संघर्षमार्फत एकता कायम गर्दै समाजका हरेक वर्गका लागि समान अवसर सुनिश्चित गर्ने ।
६) सबै वर्गका विद्यार्थीका लागि समान अवसरको पक्षमा आवाज उठाउने ।
७) विद्यार्थीलक्षित समस्याहरूको समाधान गर्न, विशेष गरी शिक्षा र रोजगारका अवसरहरूमा सुधार ल्याउने (भ्बचल बलम ीभबचल) ।
८) युवा वर्गमा राजनीतिक चेतना र नेतृत्वको भावना विकास गर्ने ।
९) शिक्षामा निजिकरणको विरोध गर्दै सार्वजनिक शिक्षा व्यवस्थाको पक्षमा उभिने ।
१०) पारदर्शी नेतृत्व संस्कारको विकास गर्ने ।
साथीहरू, तपाईंको समर्थन र साथको आशामा, मैले आफ्नो उम्मेदवारी अगाडि बढाइसके । हामी सबै मिलेर परिवर्तन ल्याउन सक्छौँ ।