आज :

जितेन्द्र भण्डारीले दिए अखिल (क्रान्तिकारी) खस–आर्य सचिव पदको उम्मेदवारी

  • अनलाइन डबली

काठमाडौं । नेकपा(माओवादी केन्द्र) निकट अनेरास्ववियू (क्रान्तिकारी) को यही माघ १२ गते हुने २३औं राष्ट्रिय सम्मेलनको लागि हुम्लाका जितेन्द्र भण्डारीले केन्द्रीय सचिवको पदमा उम्मेदवारी दिएका छन् ।

२०५५ असोज ५ गते हुम्ला जिल्ला सिमकोट गाउँपालिका २ ठेहेमा जन्मिएका भण्डारी निरन्तर खखिल क्रान्तिकारीमा सक्रिय भूमिकामा रहँदै आएका छन् । २०७३ देखि राजनीति अखडा अस्कल क्याम्पस बाट कक्षा कमिटीको सचिवदेखि इकाईको सदस्य, कोषाध्यक्ष, उपाध्यक्ष र अध्यक्षको नेतृत्व गरी संघर्ष गर्दै आएका उनले भोट हाली जिताउन अपिल गरेका छन् । हाल भण्डारी त्रिभुवन विश्वविद्यालयमा MSc (statistics) मा अध्ययनरत छन् ।

“२०७३ सालदेखि विद्यार्थीहरुको हरेक समस्यामा प्रत्यक्ष जोडिएर विद्यार्थीको हकहित र अन्यायका विरुद्ध विपक्ष सघं–संगठन, राजनैतिक र आवश्यकतामा भौतिक लडाई लड्दै आफ्नो संगठन, आन्दोलनको रक्षाका निम्ति विभिन्न मुद्दा खेपि अस्कल क्याम्पसमा पहिलो चोटि स्ववियूको इतिहास रची खुकुरीको धार र आन्दोलनबाट स्थिापित छुँ, अझै यो संगठन र आन्दोलनको रक्षा, शैक्षिक आन्दोलनलाई गति दिनुका साथै विद्यार्थीहरुको आवजलाई प्रतिनिधित्व गर्ने आट गरेको छुँ । यस कारण खस आर्य सचीव पदमा उम्मेदवार दिएकोले सबै प्रतिनिधि कमरेडहरुले अत्याधिक बहुमतले बिजय गराउन हुन विनम्र अनुरोध गर्दछु ।” भण्डारीले भनेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal