आज : २०८१ चैत्र, ०७

विप्लव नेकपा र बहुमतसँग एकता र क्रान्तिकारी कम्युनिस्ट पार्टीसँग सहकार्य गर्ने प्रचण्डको प्रस्ताव

  • अनलाइन डबली
  • २०८१ पौष २२ गते   बिहान ०६:४० बजे

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले विप्लव नेतृत्वको नेकपा र धर्मेन्द्र बास्तोलाले नेतृत्व गरेको नेकपा बहुमतसँग सहकार्य र एकता गर्ने प्रस्ताव गरेका छन् ।

त्यस्तै, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीसँग पनि मुद्दाका आधारमा सहकार्य गर्ने प्रस्ताव पनि प्रचण्डले राखेका छन् ।

एकता र सहकार्यको लागि पार्टीले छिटै पहल गर्ने र त्यसको लागि उच्चस्तरिय कार्यदल बनाउने समेत राजनीतिक प्रस्तावमा प्रचण्डले उल्लेख गरेका छन् । एकता र सहकार्यको मात्रै भर नपरी आफ्नो पार्टी बलियो बनाउनुपर्नेमा प्रचण्डको जोड थियो ।

पार्टीको जारी केन्द्रीय समिति बैठकमा राजनीतिक प्रस्ताव पेश गर्दै प्रण्डले विश्वमा माओवादी आन्दोलन कि पूरै संसदीय भासमा पुगेर घोर प्रतिगामी भएको कि मार्क्सवाद रटान गरेर सकिएको भन्दै नेपालमा यी दुबै प्रवृतिबाट जोगिदै आएको बताए । उनले अब समाजवादी व्यवस्था स्थापनाको जिम्मेवारी पनि माओवादी धाराकै काँधमै भएको बताउँदै विचार मिल्नेसँग पार्टी एकता र कार्यक्रम मिल्नेसँग सहकार्य बढाउँदै अगाडि बढ्नुपर्ने बताए ।

‘विश्वमा माओवादी पार्टीहरु कि पूरै संसदीय भासमा पुगेर बुर्जावा हुँदै घोर प्रतिगामी बनेका छन् कि त माक्र्सवादको रटान गरेर सकिएका छन् । नेपालमा हामी यी दुबैबाट जोगिएर यहाँसम्म आइपुगेका छौं, अब समाजवादको लागि पुनः एकजुट हुनुपर्ने बेला आएको छ’ प्रचण्डले भने ।

प्रचण्डले केही गरेपछि माओवादी पार्टीले नै गर्छ भन्ने जनतामा पर्न थालेको आफूले पाएको समेत बताए ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
onlinedabali@gmail.com
dabalinews@gmail.com

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal