आज :

माओवादी केन्द्रीय समिति बैठकः अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्न सुरु

  • अनलाइन डबली

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठकमा आजबाट अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रस्तावमाथि छलफल सुरु हुने भएको छ । हिजो अध्यक्ष प्रचण्डले पेश गरेको आगामी कार्यक्रम, कार्यविभाजनलगायतका विषयमा सहभागी नेताहरुले आआफ्ना धारणा राख्न लागेका हुन् ।

बोल्न चाहने सबै सहभागी नेताहरुलाई समय दिइनेछ । प्रतिवेदनमाथि आफ्ना धारणा र सुझाव तीन मिनेटमा राखिसक्नुपर्ने छ । संक्षिप्तमा र नदोहोरिने गरी धारणा राख्ने तयारी गर्न महासचिव देव गुरुङले जानकारी गराएका थिए ।

हिजो प्रदेश, गैरभौगोलिक र प्रवासबाट रिर्पोटिङ सकिएपछि प्रचण्डले बैठकमा राजनीतिक प्रतिवेदन पढेर सुनाएका थिए । प्रचण्डले आफ्नो प्रतिवेदनको सार समाजवादी यात्रा तय गर्नुपर्नेमा जोड दिइएको बताएका थिए । प्रचण्डले माओवादीले रुपान्तरण भएर जनतामा नजाने हो भने देश र जनताको अभिश्य खतरामा पर्ने समेत बताएका थिए ।

विगतका सबै आग्रह पूर्वाग्रह भुलेर सबै नेता कार्यकर्ता एकजुट भएर समाजवादको बाटोमा अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए । नेता कार्यकर्ताको बिग्रेको आचरण सुधार्नुपर्नेमा पनि प्रचण्डले जोड दिएका थिए ।

आफू नेतृत्वको सरकारले जनताको पक्षमा गरेका राम्रा कामका कारण केही गरे माओवादीले गर्छ भन्ने जनतामा विश्वास मलाएको समेत प्रचण्डले बताएका थिए । सुशासन र भ्रष्टाचारको विरुद्ध आफूले कडा कदम चालेकै कारण जनतामा आशा पलाएको दाबी समेत गरे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal