आज :

पूर्व आइजीपी सर्बेन्द्र खनालले छोडे एमाले, भीम रावलसँग वार्ता !

  • अनलाइन डबली

काठमाडौँ । नेपाल प्रहरीका पूर्व प्रहरी महानिरिक्षक एवम् एमाले नेता सर्बेन्द्र खनालले आज एकाबिहानै आफु स्वतन्त्र भएको घोषणा गरेका छन् ।

सामाजिक संजाल फेसबुकमा एक स्टाटस राख्दै पूर्व आइजीपी खनालले आफु स्वतन्त्र भएको घोषणा गरेका हुन् ।
आफ्ना आफन्त एवम् शुभचिन्तकहरु आफ्नो राजनीतिक स्थिति बारे अन्योलमा परेको उल्लेख गर्दै एमाले नेता समेत रहेका खनालले आफ्नो स्टाटसमा लेखेका छन्, “म यसै माध्यमबाट यसलाई स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनैतिक पार्टीसँग आवद्ध छैन । म स्वतन्त्र रुपमा स्थानीय र राष्ट्रिय समस्याहरूको समाधानका लागि काम गरिरहेको छु ।”

खनालले आफू राष्ट्रघाती दोषीहरुलाई कानूनी कठघरामा पु¥याउन र राष्ट्रलाई महान बनाउन आफु र आफ्नो सम्पूर्ण प्रयास जारी रहने प्रतिबद्धता व्यक्त गर्दै खनालले भनेका छन्,“म देश र जनताको हितका लागि सधैं लडिरहनेछु ।”
पूर्व आइजीपी खनाल एमालेमा प्रवेश गरेर तनहुँबाट प्रतिनिधि सभा चुनाबमा एमालेका उम्मेदवार बनी रास्ट्रिय स्वतन्त्र पार्टीका नेता डा. स्वर्णिम वाग्लेसँग पराजित भएका थिए ।

उनको स्टाटस यस्तो छ, ‘हजुरहरु मेरो राजनीतिक स्थिति बारे अन्योलमा परेको महसुस गरेर म यसै माध्यम बाट यसलाई स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनैतिक पार्टीसँग आवद्ध छैन। म स्वतन्त्र रुपमा स्थानीय र राष्ट्रिय समस्याहरूको समाधानका लागि काम गरिरहेको छु । राष्ट्रघाती दोषीहरुलाई कानूनी कठघरामा पु¥याउन र हाम्रो राष्ट्रलाई महान बनाउन मेरो सम्पूर्ण प्रयास जारी रहनेछ । म देश र जनताको हितका लागि सधैं लडिरहनेछु धन्यवाद ।’

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले खनाललाई पार्टीमा भित्र्याउँदा धेरै नेता कार्यकर्ताले विरोध जनाएका थिए । तर, पनि ओलीले दुईपटक उम्मेदवार बनाएरै छोडे । अहिले खनालले एमाले छोडेको घोषणा गरेपछि ओलीलाई ठिक्कै भो भन्नेहरुको संख्या धेरै रहेको बताइएको छ ।

यसैबीच खनालले डा. भीम रावलसँग वार्ता गरेपछि यो घोषणा गरेको स्रोतको दाबी छ । रावललाई एमालेले कारवाही गरेपछि पार्टी निर्माणको अभियान सुरु गरेका छन् । यही बेला खनालले एमाले छोडेको घोषणा संयोजक मात्रै नभएको स्रोतको दाबी छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal