Skip
आज :

सर्वोच्च बारमा आज निर्वाचन, कांग्रेस-एमाले निकट उम्मेदवार मुख्य प्रतिस्पर्धामा

  • अनलाइन डबली

काठमाडौं । आज सर्वोच्च अदालत बार एशोसिएशनको नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ ।

आज हुने निर्वाचनका लागि अध्यक्षसहित विभिन्न पदमा ३५ जना कानुन व्यवसायीले उम्मेदवारी दर्ता गराएको सर्वोच्च बारले जनाएको छ ।

अध्यक्षका लागि नेपाली कांग्रेस निकट कानुन व्यवसायीको संगठन डेमोक्रेटिक लयर्स एशोसिएशनले अध्यक्षमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल तथा नेकपा एमाले निकट प्रगतिशील कानुन व्यवसायी संघले वरिष्ठ अधिवक्ता महेश थापालाई प्रतिस्पर्धामा उतारेको छ ।

साथै, अध्यक्षमा वरिष्ठ अधिवक्ताद्वय मेघराज पोखरेल, महेशकुमार थापासहित अधिवक्ता प्रेमसिंह धामीले पनि उम्मेदवारी दिएका छन् ।

उपाध्यक्षमा अम्बरबहादुर राउत, भीष्मराज कडरिया र उत्तमबहादुर श्रेष्ठले उम्मेदवारी दिएका छन भने सचिवमा रमणकुमार श्रेष्ठ, पुष्पराज पौडेल र प्रभाकर श्रेष्ठ प्रतिस्पर्धामा उत्रदैँछन ।

सहसचिवका लागि पुन्देवी महर्जन र श्रुतीकुमारी रेग्मी तथा कोषाध्यक्षका लागि रामचन्द्र पौडेल, अनन्तराज लुइँटेल र रामहरि त्रिपाठी उम्मेदवारी दर्ता भएको छ । बाँकी ९ जना सदस्यका लागि १९ जना प्रतिस्पर्धामा रहेका छन ।

साथै, ६२६ मतदाता रहेको सर्वोच्च बारमा सत्तारूढ दल कांग्रेस र एमाले निकट कानुन ब्यावसायी बिचमा अलग अलग प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal