काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सुरु भएको छ । जिल्ला अदालत कास्कीमा दोस्रो दिनको बयान सुरु भएको हो ।
पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका प्रतिवादी छविलाल जोशी र लीला पछाइको बयान हिजै सकिएको थियो । लामिछानेको बयान बिहीबार नसकिएपछि आजपनि जारी रहेको छ ।
लामिछानेको बयान सकिएपछि कृष्णबहादुर गुरुङ र रामबहादुर खनाललाई बयान सुरु गर्ने बताइएको छ ।
गत आइतबार जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमासमेत मुद्दा दायर भएको छ ।