आज :

प्रचण्डको नेतृत्वमा विपक्षी दलका नेताहरु राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाउँदै

  • अनलाइन डबली

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)सहित विपक्षी दलका नेताहरुले राष्ट्रपति रामचन्द्र पौडेललाई ज्ञापनपत्र बुझाउन लागेका छन् ।

बुधबार ४ बजे माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा विपक्षी दलका नेताहरू शितल नीवासमै पुगेर राष्ट्रपतिलाई भेट्न जान लागेका हुन्।

सरकारको एक सय पुगेको दिनमै नेताहरुले सरकारको समिक्षासहितको ज्ञापनपत्र बुझाउन लागेका छन् ।

प्राकृतिक विपत्तिमा जनतालाई सरकारको अनुभूति गराउन ओली सरकार असफल भएको, भ्रष्टाचारीलाई संरक्षण गरिरहेको, जनतामा आसा जगाउन नसकेको भन्दै विपक्षी दलहरुले राष्ट्रपतिलाई जानकारी गराउन ज्ञापनपत्र बुझाउन लागेको नेताहरुले बताएका छन् ।

प्रधानमन्त्री ओलीले दल फुटाउने गरी राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याउने तयारी गरेको भन्दै विपक्षी दलहरुले विरोध जनाउँदै आएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal