आज :

रवि लामिछाने कास्की प्रहरीको हिरासतमा, आइतबार अदालतमा उपस्थित गराइने

  • अनलाइन डबली

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले टोलीले पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई कास्की प्रहरीको जिम्मा लगाएको छ ।

शुक्रबार साँझ काठमाडौंस्थित पार्टी कार्यालयबाट पक्राउ गरेर सडकमार्ग हुँदै पोखरा ल्याएको सीआईबीले शनिबार बिहानका करिब ३ बजेतिर कास्की प्रहरीको जिम्मा लगाएको जनाएको छ ।

राभरको पार्टी कार्यकर्ताको अवरोध र नाराबाजी छल्दै लामिछानेलाई सडकमार्ग हुँदै पोखरा पुर्याइएको हो ।

सीआईबीले सुरुमा रविलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गराएर जिल्ला प्रहरी कार्यालय कास्कीमा पु¥याइएको थियो । उनी अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।

रविलाई पोखरामा पुर्याएर कास्की प्रहरीको हिरासतमा राखेपछि रास्वपा उपाध्यक्षद्वय स्वर्णिम वाग्ले र डिपी अर्यालसँगै रवि पत्नी निकिता पौडेलले भेट गरेका थिए ।

सडकमार्गबाट पोखरा जानेक्रममा बाटोमा समेत ठाउँठाउँमा रविको समर्थनमा नाराबाजी गर्न कार्यकर्ता सडकमा उपस्थित भएका थिए । उनीहरुले सकारकारको विरोध गर्दै रविको पक्षमा नाराबाजी गरेका थिए ।

लामिछानेलाई भोलि आइतबार अदालतमा म्याद थप पथेर अनुसन्धान गर्ने प्रहरीको तयारी छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal