काठमाडौँ । यो बर्ष दशैं मान्न १३ लाख मानिसहरु काठमाडौँ उपत्यकाबाट बाहिरिएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार आज शुक्रबार विहानसम्म बाहिरिनेको संख्या १३ लाख पुगेको हो ।
गत बर्ष दशैं मान्न १८ लाख मानिसहरुले काठमाडौँ छोडेका थिए । यो बर्ष पनि त्यही हारिहारीको संख्या बाहिरिने अनुमान गरिएको थियो ।
दशैंको मुखमा बाढी पहिरोले सडक संजालमा अवरोध पुर्याएको र ठूलो जनधनको क्षति पुगेका कारण करिब ५ लाख मानिसहरु काठमाडौँमै बसे । जसको कारण अष्टमीको दिउँसोसम्म काठमाडौँमा विगतमा जस्तो सुनसान छैन ।