Skip
आज :

पूर्वराष्ट्रपति भण्डारीको दशैं शुभकामनाः तडकभडकरहित र मितव्ययी तर खुशीका साथ मनाउनुस्

  • अनलाइन डबली

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तडकभडकरहित र मितव्ययी तर खुशीका साथ दशैं मनाउनु सुझाव दिएको छ । शुभकामना दिँदै भण्डारीले दशैंले सुसंस्कृत समाज निर्माणका लागि थप उत्साह मिल्ने विश्वास व्यक्त गरेकी छन् ।

‘बडा दसैँ पर्वले सम्पूर्ण नेपालीहरू बीचको सामाजिक सांस्कृतिक ऐक्यबद्धतालाई थप सुदृढ गर्दै न्यायपूर्ण‚ समतामूलक‚ सभ्य एवं सुसंस्कृत समाज निर्माणका लागि थप उत्साह, उमङ्गका साथ क्रियाशील रहन प्रेरणा प्रदान गरोस् भन्‍ने शुभकामना व्यक्त गर्दछु’ भण्डारीको शुभकामना सन्देशमा भनिएको छ ।

भण्डारीले विविध क्षेत्र र समुदायका दसैँ मनाउने आ–आफ्नै विधि र परम्परा रहेको भएता पनि यो सम्पूर्ण नेपालीहरूको साझा चाड भएको पनि बताएकी छन् ।

यस वर्ष दसैँको पूर्वसन्ध्यामा आइपरेको मनसुनजन्य प्राकृतिक विपद्का कारण उत्पन्न परिस्थितिका कारण धेरैलाई यो दसैँ अलि असहज र खल्लो पनि भएको उल्लेख गर्दै भण्डारीले यस्तो अवस्थामा दसैँ पर्वलाई हामीले आ–आफ्नो परिवेश, परिस्थिति र गच्छेअनुसार तडकभडकरहित, मितव्ययी, तर खुसियालीका साथ मनाउनु पर्ने बताएकी छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal