आज :

अनिवार्य सूचना अधिकारी तोक्न राष्ट्रिय सूचना आयोगको निर्देशन

  • अनलाइन डबली

काठमाडौँ । अनिवार्य रुपमा सूचना अधिकारी तोक्न राष्ट्रिय सूचना आयोगले निर्देशन दिएको छ । स्थानीय तहबाट जारी हुनुपर्ने सूचना प्रकाशनको अवस्था न्यून रहेको भन्दै आयोगले सबै स्थानीय तहहरूलाई अनिवार्य रूपमा सूचना अधिकारी तोक्न निर्देशन दिएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत आयोगले सबै प्रदेशमा सबै स्थानीय तहमा निर्देशन पठाएको छ । आयोगले सूचना अधिकारी अनिवार्य रुपमा तोक्ने र सूचना अधिकारी तोक्दा सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ६ र सूचनाको हकसम्बन्धी नियमावली, २०६५ को नियम २४ (क) को व्यवस्था बमोजिम मात्र गर्ने गराउने समेत बताएको छ ।

नागरिकलाई संविधानले दिएको सूचनाको हक कार्यान्वयनका लागि प्रत्येक स्थानीय तहले सूचनाको हकसम्बन्धी बजेट तथा कार्यक्रम अनिवार्य रुपमा प्रत्येक वर्ष राख्न पनि आयोगले निर्देशन दिएको हो । त्यसरी तोकिने सूचना अधिकारीलाई सार्वजनिक निकायमा प्राप्त हुने वैदेशिक भ्रमण, तालिम, पुरस्कार जस्ता विषयमा प्राथमिकतामा राख्न पनि आयोगले स्थानीय तहहरूलाई निर्देशन दिएको हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal