आज :

यस्ता छन् नवनियुक्त प्रधानन्यायाधीशका पाँच योजना

  • अनलाइन डबली

काठमाडौँ । नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिह राउतले पदभार ग्रहण छन् । आइतबार प्रधान्यायाधीश कार्यालय सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहणपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले प्रधानन्यायाधीश जस्तो हैसियतमा पुग्नु आफ्ना लागि ऐतिहासिक दिन बनेको बताए । नेपालको न्यायालय अहिले लयमा फर्किएको भन्दै उनले त्यसलाई समृद्ध बनाउनका लागि आफुहरु लागिपरिरहेको बताए ।

उनले भने, ‘मेरो लागि आज ऐतिहासिक दिन हो । किनभने देशको प्रधानन्यायाधीशको हैसियतमा छु । नेपालको न्यायालय अहिले लयमा फर्किएको छ । सुखद् र गौरवको विषय हो । यसलाई समृद्ध बनाउनु पर्छ । त्यसको लागि हामी लागि परेका छौं ।’

उनले आफ्ना पाँचवटा बुँदाहरु लक्ष्यको रुपमा सुनाउँदै त्यसलाई जसरी पनि पूरा गर्ने प्रतिवद्धता जनाए । राउतले भने, ‘पाँच वटा बुँदाहरु लक्ष्यका रुपमा निर्धारित गरेका छौं । छिटो छरितो गुणस्तरीय न्याय, न्यायमा पहुँच, न्यायीक सुशासन, जनआस्थामा अभिवृद्धि, सूचना प्रविधिको प्रचुर प्रयोग र मानव संसाधन र भौतिक पूर्वाधार पूर्वाधार लक्ष्य हुन् र पवित्र पनि छन् ।’

आफूले पहिले पनि राज्यको चौथो अंगको रुपमा काम गरेको भन्दै अब पनि त्यही अनुरुप काम गर्ने प्रधानन्यायाधीश राउतले बताए । उनले आइतबार राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal