आज :

बाढी आएको १० दिनपछि गृह र स्वास्थ्यमन्त्री अनुगमनमाः पीडित भन्छन्–यो नाटकै हो

  • अनलाइन डबली

काठमाडौँ । बाढी आएको एक हप्तापछि गृहमन्त्री रमेश लेखक प्रभावित क्षेत्रको अनुगमनमा निस्किएका हुन् । काठमाडौँ उपत्यकामा यही असोज ११ र १२ गते आएको बाढी पहिरोले क्षेति पुर्याएको ललितपुरको गोदावरी क्षेत्रमा मन्त्री लेखक पुगेका हुन ।

अबिरल बर्षादेखि हालसम्म काठमाडौँमै रहेका मन्त्री लेखक बल्ल १० दिनपछि प्रभावित क्षेत्रमा पुगेका छन् । यो क्षेत्रमा प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रलगयात राजनीतिक दल र अभियान्ताले पहिलो चरणको उद्दार र राहतका कार्यक्रम सकेपछि मन्त्री लेखक पुगेपछि पीडित आक्रोसित बनेका छन् ।

उद्दार र राहतका कामलाई प्रभाविकारी बनाउन नसकेको भन्दै मन्त्री लेखकको चौतर्फी विरोध भइरहेको छ । मन्त्री लेखकले ललितपुरको नख्खुमा टिनको छानामा चार घण्टासम्म उद्दारको लागि आग्रह गर्दा समेत सुरक्षाकर्मीको टोली खटाउने सकेका थिएनन् । पछि एक युवाले उनिहरुको उद्दार गरेका थिए तर मन्त्री लेखक संचारकर्मीसँग उद्दार गर्न सकिएन भन्दै दुःख व्यक्त गर्दै थिए ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बाढी पहिरो क्षेत्रको अवलोकन गरिसकेर उद्दारमा समेत सहभागी भएपनि सरकारमा सहभागी पार्टीका नेता र मन्त्री प्रभावित क्षेत्रमा बल्ल जान थालेका छन् ।

त्यसैगरी स्वाथ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेल पनि प्रभावित क्षेत्रमा पुगेका छन् । मन्त्री पौडेल धुलिखेल अस्पतालमा बाढी पहिरोबाट घाइते भएकाहरूको अवस्थाबारे जानकारी लिन त्यहाँ पुगेका छन् ।

तयारी र उद्दारमा सरकारको लापरवाहीका कारण बाढी पहिरोमा परी हालसम्म २४४ जनाले ज्यान गुमाएका छन्, १९ जना बेपत्ता छन् भने १७९ जना घाइते भएका छन् । यसबाट करिब २० अर्बभन्दा बढी क्षति भएको अनुमान गरिएको छ ।

बाढी आएको १० दिनपछि मन्त्री प्रभावित क्षेत्रमा पुगेपछि पीडितहरुले नाटकको रुपमा लिएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal