आज :

समानुपातिक छनोटबाट खस आर्यलाई हटाउन माग

  • अनलाइन डबली

ललितपुर  । जनता समाजवादी पार्टी नेपालका नवनिर्वाचित केन्द्रीय उपाध्यक्ष विद्युत बज्राचार्यले वर्तमान संविधान अनुसार प्रतिनिधिसभामा महिला, दलित, आदिवासी, जनजाति, मधेशी, मुस्लिम, पिछडा वर्ग लगायत सामाजिक, आर्थिक, दृष्टिकोणले अति पछाडि परेका नागरिकका लागि पूरै देशलाई एउटै क्षेत्र मानेर समानुपातिक, समावेशी सहभागिता गर्न संविधानको धारा ४२ मा व्यवस्था गरिएकोमा उक्त धाराबाट खस आर्यलाई हटाएर पुनर्लेखन गर्न माग गर्नुभएको छ । शनिबार ललितपुरमा आयोजित शुभकामना आदान-प्रदान कार्यक्रममा बज्राचार्यले संविधानको उक्त बुँदा विभेदकार िभएको भन्दै जुन भौगोलिक समुदायबाट समानुपातिक मत पप्त भएको हुन्छ, सोही समुदायलाई पहिलो प्राथमिकतामा प्रतिनिधित्व गराउनुपर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा पार्टीका बुद्धिजीवी अगुवा इञ्जिनीयर नहेन्द्र प्रधानले स्थानीय जनतालाई स्थानीयको आवश्यकताअनुरुप प्राथमिकता दिएर राजनीतिले अगाडि बढाउनुपर्छ भन्नुभयो । कार्यक्रममा पत्रकार कुमार रञ्जितले जनता समाजवादी नेपालले विगतमा गरेका तीन गल्तीहरु औँल्याउँदै संविधान संशोधन प्रक्रियामार्फत् अगाडि बढ्न सुझाव दिनुभयो । सत्तामा बस्दा एउटा कुरा र बाहिरिँदा भिनदै कुरा गर्न नपाइने उहाँले स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal