आज :

प्रस्तावित प्रधानन्यायाधीश राउतले पेश गरे २४ बुँदे कार्ययोजना

  • अनलाइन डबली

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको सुनुवाइ सुरू भएको छ ।

संवैधानिक परिषदले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेका राउतको बुधबार दिउँसो संसदीय सुनुवाइ समितिमा सुनुवाइ सुरू भएको हो ।

राउतले आफुविरुद्ध लागेका आरोपको खण्डन गर्दै न्यायालय सुधारका योजनासहित २४ बुँदे कार्ययोजना प्रस्तुत गरेका छन् । उनले मुद्दाको सुनुवाइदेखि फैसला कार्यान्वयनसम्मका विषयलाई समेट्दै समितिमा योजना पेस गरेका छन् ।

समितिमा उनीविरूद्ध समितिमा ६ वटा उजुरी परेका छन् । जसमा आफ्नै श्रीमती ललिता राउतलाई झगडीया बनाएको, नेपाली कांग्रेसप्रति झुकाव राख्दै छोराका हत्या अभियुक्तलाई साधारण तारेखमा छाडेको, चितवनकी एक महिलाले जग्गा सम्बन्धीको विवादित फैसला दिएको लगायतका उजुरी परेको बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal